मिति : २०८२ ज्येष्ठ २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलेसियामा श्रीमान लिएर कल्याण आउने

रामचन्द्र नेपाल, क्वालालम्पुर, 2012/02/10

विदेशमा नेपाली फिल्म प्रदर्शन हुनु अव सामान्य जस्तै हुन थालेको छ । राम्रा नाम चलेका फिल्महरु सफल भएर पनि फर्केका छन् भने केहि नराम्रा फिल्म फर्कनको लागि टिकट काट्ने पैसा पनि नभएर फर्किएका समाचारहरु पनि आउने गरेका छन् । यसै क्रममा नेपालका विभिन्न स्थानमा सफल प्रदर्शन भएको चलचित्र श्रीमान् मलेसिया पनि प्रदर्शन हुने भएको छ ।


विश्वमा वजारमा च्यारिटी शो गर्ने तयारी भैरहेका श्रीमान अव मलेसियाको साथसाथै सिंगापुर, दुबाई, कतार, इजरायल लगायत यूरोपका विभिन्न मुलुकहरुमा समेत प्रदर्शन हुने भएको छ ।  प्रदर्शन गर्ने जिम्मा केडी एक्सपोर्ट इम्पोर्ट कम्पनी लिमिटेडका कुमार भुजेल र शम्भु पुडासैनीले लिएका छन् । सो च्यारेटी शोबाट संकलीत रकम ‘आस्था बृद्ध आश्रम’ लाई सहयोग गर्ने बताईएको छ ।


मलेसियामा १९ फेब्रुअरी आइतबारका दिन श्रीमानको च्यारीटी शो हुने बताईएको छ । मलेसियामा च्यारेटी शोको संयोजन किरात याक्थुङ चुम्लुङ र प्रवासी मगर संघले लिएको कुरा चुम्लुङका सचिव रुसाहाङ चेम्जोङले जनाए । श्रीमानका नायक कल्याण घिमिरे र ‘आस्था बृद्ध आश्रम’ का संरक्षक रज्जु प्रधान मलेसिया आउने भएको बताईएको छ ।