
शुक्रबार देखि देशब्यापी प्रदर्शनमा आएको चलचित्र आई एम सरीको बिहिबार प्रिमियर शो आयोजना गरिएको थियो । आर्यन र केकी स्टारर प्रतिक्षित सिनेमाको प्रिमियर महोल अन्य सिनेमाको प्रिमियर माहोल जस्तो थियो तर सजावटले भने बिग सिनेमा आई लभ यू मय भएको थियो ।
विग सिनेमाको भित्तै भरी आई लभ यू लेखिएका बेलुनले जसरी प्रिमियर माहोल सुन्दर बनाएको थियो सोही अनुरूप आर्यन र केकीको केमेष्टी मिलेको देख्दा प्रिमियरका पाहुनाहरूले उनीहरूको जोडीलाई खुलेर तारिफ गरेका थिए । अडियो लन्च समारोहमा खुलेर नबोलेका आर्यन र केकी प्रिमियरको माहोलमा खुलेर बोलेका थिए । यति सम्मकी जव मिडियाले केकी र आर्यनलाई घेर्थे तव केकीले हातै समाएर आर्यनसंग पोज दिन्थीन् । एक शब्दमा आर्यनको तारिफ गर्नु त भन्ने फिल्मीखबरको प्रश्नमा केकीले आर्यनलाई सुप्पव भनिन् भने आर्यनले केकीलाई अभिनय गर्नकै लागि जन्मिएको कलाकार भने ।

.jpg)

