मिति : २०८२ ज्येष्ठ २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कतारमा 'मिस यू' को प्रिमियर तयारी

फिल्मीखबर, काठमाण्डौ, 2012/02/10

अहिले कतारवासी नेपालीहरूको मुटुको ढुकढुकी निकै बढि रहेको छ । आफ्नो ठाउँमा 'मिस यू' को वर्ल्ड प्रिमियर हुने भएपछि कतारवासी नेपाली दर्शकहरू सो चलचित्र हेर्न निकै आतुर देखिएका छन् ।

 

आज शुक्रबार दिउँसो २:३० बजे कतारको दोहा स्थित गल्फ सिनेमा हलमा 'मिस यू' को पहिलो स्क्रिनिङ हुनेछ । चलचित्रको प्रिमियरका लागि हाल कतारमा रहेका फिल्मीखबर डटकमका प्रधान सम्पादक सुमन गैरेले प्रिमियरको तयारी अन्तिम चरणमा पुगेको बताए । उनले भने, 'मिस यू प्रिमियरका लागी हामी अन्तिम चरणमा पुगेका छौं । दर्शकहरूको फिल्म प्रतिको चासो देख्दा हामी निकै उत्साहित पनि छौं ।'

 

कतारमा रहेका बिभिन्न नेपाली संघसंस्थाका प्रमुख व्यक्तिहरूको उपस्थितीमा चलचित्रको प्रिमियरको तयारी गरेका गैरेले कतारको दोहा र आसपासका क्षेत्र अहिले मिस यू मय बनेको बताए । यसैगरी कतारको प्रदर्शनको जिम्मा लिएका शैलेन्द्र कठायतले नेपाली चलचित्र हेर्न दर्शकले यति धेरै चासो दिएको यो नै पहिलो चलचित्र भएको बताए । करिब ४ लाख नेपालीहरूको बाहुल्यता रहेको गल्फ कन्ट्री कतारमा पहिलो पटक प्रिमियर हुन लागेको सो चलचित्र नेपालमा भने फाल्गुन ५ गते रिलिज हुँदैछ ।

 

सुरेश दर्पण पोखरेलले निर्देशन गरेको उक्त चलचित्रमा नम्रता श्रेष्ठ, दिलिप रायमाझी र बरूण राणा प्रमुख भुमिकामा छन् । नायक दिलिप रायमाझीले निर्माण गरेको चलचित्र 'मिस यू' तीन साथीहरू बिचको प्रेमकथामा आधारित चलचित्र हो ।