
चलचित्र उद्योगलाई उत्थान एवं मर्यादित बनाउने उद्देश्य अनुरुप सरकारले १६ बुदे चलचित्र नीति सार्वजनिक गरेको छ । संचार मन्त्रालयको वेवसाईटमा सार्वजनिक नीतिमा कला सस्कृति शिक्षा र मनोरंजनलाई प्रवद्र्धन गरी स्वच्छ मनोरंजनको रुपमा चलचित्रलाई ब्याख्या गरिएको छ ।
सिनेमा उद्योग उत्थानको बिषयमा चलचित्र विकास बोर्डले समेत नीतिको बिषयमा गृहकार्य गरिरहेको अवस्थामा मन्त्रालयले विना छलफल उक्त नीति सार्वजनिक गरेको बिषयमा बोर्ड अचम्ममा परेको छ । नीति सार्वजनिकको बिषयमा बोर्डले केही दिनपछी पत्रकार सम्मेलन गरी नीतिका बिषयमा असन्तुष्टी र सकारात्मक बुदाहरुलाई प्रेस सामु ब्यक्त गर्ने जनाएको छ । फिल्मीखबरसंग कुरा गर्दै नवनियूक्त सदस्य निलहरी काफ्लेले सरकारको नीतिको बिषयमा तत्काल बोर्डको आधिकारिक प्रतिकि्रया नरहेको जानकारी दिए भने प्रवक्ता विकास आचार्य पनि सरकारले विना छलफल सार्वजनिक गरेको नीतिको बिषयमा अचम्ममा परेका छन् ।
१६ बुदे नीतिमा यस अघि विभिन्न सभा सम्मेलनमा चलचित्रकर्मीले उठाएका मुद्धालाई समेट्ने प्रयास गरिएको छ । नीतिमा विकास बोर्ड स्वायत्तता र स्वन्त्रताको बिषयमा सरकारले प्रतिबद्धता ब्यक्त गरेको छ भने स्वेदशीसंगै विदेशी लगानीमा बन्ने नेपाली सिनेमा सिनेमा निर्माणको बिषयमा सरकार उदार भएको छ । यस्तै गुणस्तरीय चलचित्र निर्माण गर्न प्रोत्साहन बढाउने उद्धेश्य स्वरुप उक्त बिषयमा सरकारले लगानी कोष स्थापना गर्ने नीति पनि रहेको छ ।
पढ्नुस सरकारको चलचित्र निति !
१ चलचित्र कला सस्कृति शिक्षा र मनोराजनलाई प्रर्बद्धन गरी सबै नेपाली जनतालाई स्वच्छ र स्वस्थय मनोरंजनको एक माध्यममको रुपमा नेपाली चलचित्रलाई अभिबृद्धि गर्ने ।
२ हरेक चलचित्र कम्पनीमा स्व-नियमन र अनुगमन संयन्त्र विकास गर्ने र चलचित्रमा उचित रुपमा कार्यान्वयन गर्न सघाउ पुर् याउने
३ सेन्सर बोर्डबाट चलचित्रको सेन्सर गर्दा बस्तुगत र स्पष्ट आधार विकास गर्ने
४ चलचित्र उत्पादन कम्पनी र वितरकहरुलाई आचार सहिताको निमित्त निर्देशिका बनाउन प्रोत्साहन गर्ने
५ उच्चस्तरीय मिडिया कमिशनले सेन्सर बोर्डका लागि सचिवालय र प्रशासकीय सेवा उपलब्ध बनाउन प्रोत्साहन गर्ने तथा नेपाली तथा
६ नेपाली तथा विदेशी चलचित्रको बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्ने प्रणाली विकास गर्ने ।
७ चलचित्र बिकास बोर्डको स्वायत्तता र स्वतन्त्रता सुनिश्चित गर्ने
८ चलचित्रको गुणस्तरका लागि महत्वपूर्ण हुने अझ राम्रो कथा लेखन निर्देशन छायाकंन आदिलाई प्रोत्साहन गर्न एक लगानी कोषको स्थापना गर्ने
९ विदेशी भाषमा बनेका विदेशी मुद्रामा आर्जन गर्ने चलचित्र उत्पादन गर्ने कम्पनीलाई प्रोत्साहन गर्न त्यस्ता चलचित्रलाई विशेषाधिकार र छुट दिने
१० विदेशी लगानी तथा प्रविधि हस्तान्तरणएन २०४९ बमोजिम चलचित्र उत्पादन र पूर्वाधारमा विदेशी लगानी गर्न अनुमति दिने
११ यी नीतिहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि आवश्यक पर्ने कानुन पुनरावलोकन गर्ने वा निर्माण गर्ने र चलचित्रलाई उद्योगको रुपमा विकास गर्ने
१२ चलचित्रको क्षेत्र विकास गर्न विभिन्न प्रकारका चलचित्र जस्तै सेलुलाईड भिडियो डिजीटल एनिमेशन चलचित्र आदिलाई चलचित्रको परिभाष भित्र ल्याउने
१३ चलचित्रको उत्पादन वा सह- उत्पादनमा विदृशी लगानी प्रबद्र्धन गर्ने जसअन्र्तगत प्रविधि सीप र अनुभवको हस्तानतरण गर्ने तथा त्यस्ता चलचित्रको अन्र्तराष्टिय्रय बजार ब्यवस्था प्रवर्धन गर्ने र नेपालको प्रचार प्रसार गर्ने तथा तथा नेपालमा पर्यटको प्रबद्र्धन गर्ने
१४ विदेशी लगानी वा सह-लागनीमा बन्ने चलचित्रमा तेस्रो देशका कलाकार प्रविधि र प्रबन्धकलाई उनीहरुको संलग्न्ता उचित आएमा नेपाल सरकारको पूर्व स्वीकृति लिई आउन दिने
१५ आ-आफ्नो निर्देशिकाका आधारमा स्व-नियमन विकास गर्ने र त्यसलाई उच्च स्तरीय स्वतन्त्र मिडिया कमिशनबाट लागू गराउने
१६ प्रजातान्त्रिक मूल्य र सिद्धान्त तथा नेपाली कला र संस्कृतिको प्रबद्र्धन गर्ने नेपालको सकारात्मक छवि देखाउने पर्यटन प्रबद्र्धन गर्न सघाउ पुर्याउने नेपालका विभिन्न जातजाति भाषा आदिका बीचमा मेलमिलापूर्ण सम्बन्ध अभिबृद्धि गर्ने र सिमान्तवर्ग र समुदायका हित संरक्षण गर्ने किसिमको चलचित्र उत्पादन गर्ने र संरक्षणलाई प्रबद्र्धन गर्ने ।