मिति : २०८२ ज्येष्ठ २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखाले दिईनन् सन्तुष्टी

सुशील कार्की/बिरोध पोखरेल, दमक, 2012/02/09

नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापा दमकमा आयोजित आदीबासी जनजाती सांस्कृतिक महोत्सवमा  सहभागी भएर दर्शकलाई निकै मनोरञ्जन प्रदान गरिन् । रेखा थापा आउने भनेपछि महोत्सवमा दर्शकको घुइचो   उर्लेको थियो ।

 

रेखालाई हेर्न निकै नै आतुर देखिने दर्शकले उनलाई  हेर्न निकै  नै पर्खनु पर्यो  ।   कारण  २ नै दमक  आएकी  रेखा  बेलुका ४ बजे मात्र दर्शकको आगाडी देखा पर्दा   उनलाई हेर्न दर्शक निकै   आतुर  भएका थिए  ।   रेखाको प्रस्तुती हेर्न निकै नै आतुर रहेका दर्शकहरु अन्तमा उनी मंचमा आउदा पनि निरास हुनु पर्यो  उनले मन्चमा आएर दर्शकलाई हाइ हेल्लो त गरिन् तर उनले कुनै पनि प्रस्तुती देखाईनन् । उनले त्यो समयमा प्रस्तुती भन्दा पनि आफ्नो प्रदर्शनको तयारीमा रहेको चलचित्र रावणको बारेमा चर्चा गरिन् । बिदेशी चलचित्र भन्दा नेपाली चलचित्रलाई माया गर्नुस भन्दै उनले महोत्सबमा स्थानीय नृत्य गर्ने कलाकारलाई नेपाली गीतहरुमा मात्र नृत्य गर्दिन आग्रह गरिन् ।

 

महोत्सबमा रेखाको प्रस्तुती हेर्न  झापा, मोरंगबाट हजारौको संख्यामा दर्शकहरु आएका थिए । दर्शकहरुको अत्यधिक चापका कारण आयोजकले निर्धारित समय भन्दा अगाडी नै मन्चमा रेखालाई उपस्थित गराएको थियो । जारी महोत्सबमा सबै भन्दा धेरै आम दर्शक आएको सोहि दिन परेकोले रेखालाई सुरक्षा दिन सुरक्षाकर्मीलाई निकै गार्हो परेको थियो । 

 

रेखा महोत्सबको कार्यक्रम सकेर सिधै  दमकमा  रहेको पाथिभारा एफ.एम. मा अर्न्तवार्ता दिन पुगेकी थिईन् । रेखाको अर्न्तवार्ता सुनेपछि एफएमको गेटमा उनका फ्यानहरूको घुईंचो लागेको थियो । रेखा आज निजि निवास मोरंगको सलकपुरमा बसेर भोलि काठमाडौँ फर्कने कार्यक्रम छ ।