
एक, दुई, तिन हैन अठार महिना लगाएर खिचिएको सिनेमा आई एम सरी जति बिगबजेटमा बनेको छ त्यति नै उक्त सिनेमासंग सम्बन्धीत सिनेकर्मीको भबिष्य पनि उक्त चलचित्रसंगै जोडिएको छ ।
हुन त सिनेमा नचल्नुमा आर्यनलाई दोष दिने ठाउँ छैन तर पनि आर्यन अभिनित मेघा बजेटका दुई सिनेमा मेरो लभस्टोरी र 'के यो माया हो' ले कलेक्सनमा अपेक्षित सफलता नपाएपछी रिलिजको मुखमा आएको चलचित्र आई एम सरीको रिभ्यू कस्तो निस्किएला भन्ने बिषयमा आर्यन नर्भस भएका छन् ।
फिल्मीखबरसंगको कुराकानीमा आर्यनले भनेका छन्, 'अरू बेला फिल्म रिलिज हुदा यस्तो हुदैन थियो तर यस पालि म नर्भस भैराछु ।' नर्भस हुनुको मुख्य कारण के होला भन्ने प्रश्नमा उनी भन्छन, 'फिल्मको कारणले भन्दा पनि बजारको कारणले म नभर्स छु । राम्रो सिनेमा छ त्यसमाथि पनि बिग बजेटको त्यसैले पनि अत्ति टेनसन बनाईरहेको छ ।'
दिनेश राउतको पहिलो निर्देशनमा पछिल्लो समयकी स्टार हिरोईनको रुपमा आगाडी लम्की रहेकी केकी अधिकारीसंग आर्यनले सिनेमामा रोमान्स गरेकाले आई एम सरीमा आर्यन र केकीको जोडी कस्तो जमेको होला भन्ने बिषय अहिले चासोको रूपमा हेरिएको छ । हरेक सिनेमामा एउटै क्यारेक्टर निभाएको भन्ने आरोप खेपेका आर्यन आई एम सरीमा ट्याक्सी ड्राईभरको भूमिकामा अधिकाश समय देखापर्ने बताईएको छ ।
आर्यन मात्र हैन सिनेमाका लागि ५० लाख लगानी गरेका वितरक सुनिल मानन्धर पनि यो सिनेमाको बिषयमा अत्तालिएका छन् । साता अघि उक्त चलचित्रको अडियो लन्च समारोहमा उनले फिल्मीखबरसमक्ष भनेका थिए, 'यो सिनेमा चलेन भने म रोडमा आईपुग्छु ।' एक दशक सिनेमा वितरणको कार्यमा अब्बल मानन्धर बाहेक आई एम सरीमा हरि महतले पब्लिसीटी सहित थप एक करोड लगानी गरेको बाताइएको छ । तर्सथ आई एम सरीको बजेट डेढ करोड क्रस भएको छ ।
सानो बजार, त्यसमाथि पनि तर्कसंगत शेयर बाडफाड नहुदा फिल्म हिट भएको सर्न्दर्भमा पनि निर्माताको गोजी खाली भएका धेरै उदाहरण छन । हेरौ डेढ करोड बजेटको सिनेमाको रिभ्यू कस्तो होला भन्ने बिषयले जसरी सम्बन्धीत चलचित्रकर्मीलाई नर्भस बनाएको छ सोही अनुरूप दर्शक फिल्म हेरेपछी नर्भस नबनुन । अल द वेष्ट आईएम सरी यूनिट...