
चलचित्रको सफलाका लागि सम्वन्धित चलचित्रकर्मीले देवी देवताको दर्शन गर्ने गरेको पाईन्छ । अझ कतिले त चलचित्रको सफलताको लागि मन्दिरमा नरिवल फोडेर चलचित्रको सफताको लागि प्राथना समेत गरेको समेत पाईन्छ । यस्तै परिपाटीलाई मुर्त रुप दिदै चलचित्र आई एम सरी युनिट मनकामना माईको दर्शन गर्न गोरखा पुगेको छ ।
चलचित्रका नायक आर्यन सिग्देल, नायिका केकी अधिकारीको साथमा आफू र आफ्नी धर्मपत्नी सजनी महत मनकामना माईको दर्शनमा पुगेको चलचित्रका निर्माता हरि महतले जानकारी दिए । चलचित्र प्रदर्शन माघ २७ गते हुने भएकाले चलचित्रको सफलताको लागि मनकामना माईको दर्शन गर्न गएको निर्माता महतले फिल्मीखवरलाई जानकारी दिए ।
धर्मकर्म प्रति झुकाव रहेकाले र चलचित्रका कलाकार आर्यन सिग्देल र केकी अधिकारीको करियरसँग यो चलचित्र जोडिएकाले मनकामनाको दर्शन गर्न पुगेको हरि बताउँछन् । पछिल्लो समयमा प्रदर्शन आएका आर्यन अभिनित चलचित्रले खासै लोकप्रियता प्राप्त गर्न नसकेको अवस्थामा चलचित्र आई एम सरीबाट उनी निकै आशावादी रहेका छन् भने नायिका केकि अधिकारी पनि उत्तिकै उत्साहित रहेकी छिन् ।
बिग बजेटको चलचित्र मानिएको आई एम सरीले चलचित्रको प्रोमोशन लागि अल नेपाल टुर समेत जाने घोषणा केहि समय पहिले गरेको थियो तर सो योजना सफल भएको थिएन । चलचित्रको सफलताको लागि आई एम सरी युनिटले चालेको धार्मीक आस्था र पुजा अर्चनाको कदमले कत्तिको सार्थकता पाउने त्यो भने हेर्न बाकी छ । चलचित्रको बिहिबार भव्य समारोहका विच प्रिमियर पनि गरिंदै छ ।