
अमेरिका सपनाको देश । अझ गरिब मुलुकका जनतालाई अमेरिका स्वर्ग बराबर । तर ठूलो सपना बोकेर ग्रिनकार्ड मोहले तानिएकी अभिनेत्री यूना उप्रेतीलाई फ्रष्टेशन भएको छ ।
माघ ५ गते सांस्कृतिक कार्यक्रममा सहभागीता जनाउने योजना अनुरुप कलाकार निर्मल शर्माको नेतृत्वमा अमेरिका उडेकी उनलाई अमेरिकी बाताबरणले दिक्क लगाएको यूनाको भनाई उद्रित गर्दै निर्मलले जानकारी गराए । होमसिक भएको कारण जनाउदै मंगलबार बेलुकी स्वेदेश फर्किएका निर्मल फेब्रुअरी १९ तारिखका दिन पुनः अमेरिका फर्कदैछन् । ' होम सिक भएकाले केही दिनको लागि नेपाल फर्किएको हुँ अन्य साथीहरु पनि अमेरिकी बातबरणदेखि फ्रष्टेड हुनुभएको छ । अझ यूना जि सवैभन्दा धेरै फ्रष्टेड' उनले भने ।
आयोजकहरुलाई आफ्नो टिमलाई उच्च सम्मान दिएर राखेको प्रसंग सहित शर्माले भने, 'केही साथीहरुको अमेरिकामै बस्ने मनसाय जस्तो देखिन्थ्यो तर उहाँहरुलाई अमेरिकी बाताबरणले तान्न सकेको छैन ।' सांस्कृतिक कार्यक्रमको शिलशिलामा शर्माको टोलीसंग गायक नरेन्द्र प्यासी, गोपाल नेपाल (फिष्टे) तथा चलचित्र निर्माता समेत रहेका सञ्चारकर्मी जयप्रकाश रिजाल एकै दिन अमेरिका उडेका थिए जस मध्ये उक्त टिम नेपाल फर्किएला वा नर्फिकएला भन्ने बिषयको बहस निकै चलेको थियो ।
बुझिए अनुसार गायक प्यासी अमेरिकामै सेटल हुने योजना ८० प्रतिशत यूनाको ६० र गोपाल नेपालको ७५ प्रतिशत छ । तर यो कुरालाई निर्मलले अरु साथीको ईच्छाको बारेमा आफूलाई थाहा नभएको बताए । यस्तै पछिल्लो समय भिसा प्रोसेसको सम्बन्धमा यूनालाई सघाएका शर्मा र यूनाको निकटताको बिषयले विवाहको हल्ला समेत फैलाएको प्रसंगलाई शर्माले उक्त बिषय हल्ला बाहेक अरु हुन नसक्ने बताए । उनले भने, 'भिसा प्रोसेसको सम्बन्धमा एउटा महिलालाई सहयोग गरेको हो, त्यो बाहेक अरु केही हैन तर यहाँ हल्ला अर्कै चलेछ ।' अमेरिका र पलायनको सम्बन्धमा विभिन्न तर्कहरु आईरहेका बेला शर्माले भने, 'मलाई जाने वित्तिकै ग्रिनकार्ड र महिनाको १२ हजार स्यालरी दिईन्छ भने पनि अमेरिका बस्न तयार छैन ।'