मिति : २०८२ ज्येष्ठ २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पाँच दिनमा दुई सिनेमाको ग्रस कति ?

फिल्मीखबर, काठमाण्डौ, 2012/02/08

शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र काठमाण्डूले मंगलबारसम्म ३२ लाख ग्रस कलेक्सन गरेको  छ । आफै वितरक भएर चलचित्रलाई प्रदर्शन गरेका निर्देशक आकास अधिकारीका अनुसार पाँचौ दिनमा सिनेमाले ३२ लाख ग्रस गरेको छ ।

 

काठमाण्डू अहिले राजधानीका १६ वटा थिएटरमा मात्र रिलिज भएको छ ।  थोरै थिएटरबाट यति धेरै कलेक्सन हुनु निकै राम्रो कुरा हो । 'सिनेमाको ओपनिङ जसरी राम्रो गरेको थियो पाँचौ दिनसम्म पनि मल्टिप्लेकसमा दर्शकको संख्या त्यतिनै रहेकाले म हर्षित छु', अधिकारीले कलेक्सनको बिषयमा भने । यस्तै अधिकारीका अनुसार बिशेष सिनेमाको ट्याग पाएको काठमाण्डू केही दिन भित्रै राजधनीतिक दलका नेतालाई पनि देखाईदैछ । त्यसको लागि उनी बिहिबार विभिन्न संसद र मन्त्रीहरुलाई भेटी आफ्नो सिनेमा हेर्न  सिहदरबार जाने योजना गरहेको बताए ।

 

काठमाण्डू राजधानी बाहिर रिलिज हुन बाकी छ । तसर्थ लगानीका बिषयमा आफू ढुक्क रहेको आकाश बताउछन् । यस्तै काठमाण्डूसंगै  रिलिजमा आएको सिनेमा छविलाल कन्जुस छैनको पनि देशब्यापी कलेक्सन राम्रो रहेको बताईएको छ ।  छविलालले ४१ थिएटरबाट करिब ४० लाख ग्रस बटुलेको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिए । उनले भने, 'शुक्रबार सिनेमाको रिपोर्ट राम्रो थियो तर आईतबार र सोमबार भएन मंगलबार देखि पुनः बढिरहेको छ ।' ज्ञानेन्द्रका अनुसार छविलालले काठमाण्डूमा पच्चिस लाख ग्रस बटुलेको हो भने बाकी राजधानी बाहिरबाट । छविललालको मोफसलमा पश्चिम कलेक्सन राम्रो रहेको छ भने पूर्वमा औषत ।

नोटः नेपालमा बक्स अफिस स्थापना नभएकाले माथि उल्लेख गरिएको कलेक्सन  रिपोर्ट सम्बन्धीत चलचित्रकर्मीको विश्वासको आधारमा लेखिएको हो ।