
चलचित्रको निर्माण तथा निर्देशन गर्दा होस अथवा कनै पनि चलचित्र सम्बन्धि विभिन्न छलफल विचार गोष्ठी वा सम्मेलनमा चलचित्रकर्मीको सक्रियता निकै नै रहेको पाइन्छ । नेपाली चलचित्रको दिगो विकास र चलचित्रकर्मीको हितका लागि भनेर विभिन्न सघं सस्थाहरु खोलिएका छन् । चलचित्रको बजारलाई अझ बृहत बनाउनका लागि र चलचित्र क्षेत्रलाई मर्यादित एवं र पेशागत बनाउनका लागि भनेर ति सघंसस्थाले विभिन्न समयमा क्रार्यक्रमहरु पनि गर्दै आएको पाईन्छ ।
त्यस्ता कार्यक्रमले नेपाली चलचित्रको विकास लागि खाका र मोडालिटी पनि तयार पार्ने गरेको छ । विभिन्न चलचित्रकर्मी एक ठाउमा भेला भएर गरिने सो कार्यले विविध विषयलाई उठान गरि एउटा प्रारुप पनि तयार पार्नेसाथै चलचित्र निर्माण देखि प्रदर्शन सम्मका समस्यालाई प्रमुखताका साथ प्रस्तत गर्दा उक्त बिषय हर्ष भएर सिनेमा उद्योग भर फैलिएको पनि पाईन्छ । तर चलचित्रसंग सम्वन्धित सघंसस्थामा आवद्ध चलचित्रकर्मीहरु सिनेमा निर्माण तथा निर्देशनमा अघि बढेपनि उक्त सघंसस्थामा नेतृत्व गरिरहेका चलचित्रकर्मीहरुलाई भने चलचित्रको निर्माणमा चासो नबढेको पाईन्छ ।
नेपाल चलचित्र निर्माता सघंका अध्यक्ष राजकमार राई चलचित्र निर्माण गर्ने भनेको धेरै भइसक्यो तर पनि उनले चलचित्रको निर्माणमा सकि्रयता देखाएका छैनन् । केहि समय पहिले उनले चलचित्र पहिचान बनाउने कुरा बताएका थिए । बेलाबेला टकरावमा आइरहने नेपाल चलचित्र निर्माता सघंमा नेतृत्व बसिसकेपछि चलचित्र निर्माण भन्दा पनि पदाधिकारीको मिलनमा समय खर्चन पर्ने अवस्थाले पनि राई चलचित्र निर्माणमा अघि बढ्न सकेका छैनन् ।
चलचित्रको निर्माणमा महिनौ समय दिनु पर्ने भएकोले पनि सस्था अलपत्र पर्ने त होइन भन्ने उनिहरुको ठम्याइको कारणले गर्दा यो अवस्था आएको हुनसक्छ । यस्तै नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष के.पी पाठकले पनि चलचित्रको निर्देशनमा कनै सक्रियता देखाएका छैनन् । उनले चलचित्र विकासका लागि भन्दै विभिन्न गोष्ठी तथा समेमिनार भाग लिन र आयोजना गर्ने गरेका छन् । केही दिन भित्रै उनको सस्थाले नेपाली चलचित्रको विकासका लागि भन्दै एक कार्यशालाको आयोजना गर्दैछ । चलचित्र कथा कर्णालीको निर्देशन गर्ने भनेर उनले संगीतकार चेतन सापकोटालाई लिएर सो चलचित्रको सगीत समेत तयार पारेका थिए तर पनि उनले सो चलचित्रका लागि समय दिन सकिरहेका छैनन् ।
नेपाली चलचित्रका दई छाता सगठन नेपाली चलचित्र निर्माता सघंका अध्यक्ष राई र चलचित्र निर्देशक समाजका अध्यक्ष केपी पाठकको चलचित्रमा निष्कृयता भएपनि चलचित्रका सम्वन्धि कार्यशालामा यी दुई सकि्रयता बाक्लो छ । नेपाली चलचित्र क्षेत्रको विकासका लागि गठन भएका यि दई अध्यक्षलाई राजनिती गर्न खोजेको पनि आरोप लगाउने गरेको पाइन्छ । तैपनि यी दई सकि्रयताले नेपाली चलचित्र क्षेत्रको दिगो विकासमा केहि सहयोग पुराउने आशा गर्न सकिन्छ । चलचित्र निर्माण तथा निर्देशनमा यी दइले चासो नदेखाएपनि नेतृत्वबाट मुक्ति पाएपछी भने चलचित्र बनाउलान की ?