मिति : २०८२ ज्येष्ठ २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'तत्काल फिल्म खेल्ने योजना छैन ' : प्रसिद्धीका रायमाझी

फिल्मीखबर, काठमाण्डौ, 2012/02/06

शोकमा डुबेकी सुशिला रायमाझीको छोरी  प्रसिद्धकाले होम प्रोडक्सनका दुई  वटा फिल्म धन-सम्पत्ती र पिजडा खेलिसकेकी छिन् तर समयको अनुकुलता नमिल्दा सिनेमा अभिनयबाट टाढिएकी उनी हाल विमान परिचारिका पेशामा छिन् । 

 
आमाको तेहौ पुण्य तिथिका अबसरमा कलाकार संघले आयोजना गरेको श्रद्धाञ्जली सभामा फिल्मीखबरसंगको कुराकानीमा प्रसिद्धीकाले भावी योजनाका बारेमा केही खुलेर बोलिन् । एक्टिङमा  यूर्टन गर्ने सोचाई के होला भन्ने फिल्मीखबरको जिज्ञासामा उनले भनिन्, 'मामूको यो अवस्थाले एक्टिङको बिषयमा मैले केही सोच्न सक्या छैन ।  तत्कालको लागि केही सोचाई नभएपनि भविष्यमा के होला भन्ने बिषय अहिले नै भन्न सक्दिन 
 
आमाको फोटोकपी सरह गर्जियस लेडी प्रसिद्धीकाको रूपको श्रद्धाञ्जली सभामा आएका चलचित्रकर्मीले खुलेर तारिफ गर्न पनि भ्याएका थिए । नेपाली सिनेमाको छेत्रमा जेनेरेशन ग्याप भैरहेको अवस्थामा प्रसिद्धिका जस्तो सुन्दर हिरोईन अभिनबाट टाढिनु दुखको कुरा हो  । साथै  अघिल्लो पुस्ताले अभिनयबाट करिअरलाई सोचे अनुरूप अगाडी बढाउन नसकेको तर्क सहित सफल कलाकारका सन्तानले यो क्षेत्रमा पाईला आगाडी बढाउन नचाहनु  समग्र सिनेउद्योगका लागि विडम्बनाको कुरा हो ।