मिति : २०८२ ज्येष्ठ २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आमाको निधनको बिषयमा प्रसिद्धीकाले खोलिन् मुख

फिल्मीखबर, काठमाण्डौ, 2012/02/06

चर्चित अभिनेत्री सुशिला रायमाझीको निधन र अन्त्येष्टीको सम्बन्धमा विभिन्न टिकाटिप्पणी चलिरहेका बेला सुशिलाको छोरी प्रसिद्धिकाले आमाको निधन र अन्त्येष्टी गोप्य ढङ्गमा गरिएको बारे रहस्य खोलेकी छिन् ।

 
तेह्रौ पुण्य तिथिको अबसरमा सोमबार चलचित्र कलाकार संघले अनामनगर स्थित आफ्नै कार्यालयमा आयोजना गरेको श्रद्धाञ्जली सभामा प्रसिद्धिकाले आमाको इच्छा बमोजिम निधनको खबर र अन्त्येष्टीको बिषयमा सवैलाई जानकारी दिन ढिलाई गरेको बताईन् । 'तपाईहरूको प्यारो कलाकार निधन भएको छ तर मैले आमा गुमाएको छु त्यसैले श्रद्धाञ्जलीको  बिषयमा हामी गल्ती भएपनि मामुको र मेरो सल्लाह बमोजिम यो खबरलाई  ढिला नै बाहिर ल्याएका थियौ ।' 
 
तेह्र दिने काज किरियासकी  बहिनी अर्पणा सहित  श्रद्धाञ्जलीमा सहभागी हुन आएकी उनले प्रसारित समाचार अनुरूप कुरूपताको कारणले आफ्नी आमाले पब्लिक फेस नगरेको प्रति असन्तुष्टी पनि जनाईन् । उनले भनिन्, 'मामूले  क्यान्सर भएको समय देखिनै आत्मबल बढाउनु भएको थियो त्यसैले किमोथेरापीले कपाल र्झछ भन्ने थाहा पाएर पनि उहाँले कपाल त पछि आईहाल्छ निको होऊ भन्दै टिटमेन्ट गर्न आफै  इच्छा देखाउनुभएको थियो तर अफसोच त्यसो भएन ।' 
 
कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष रमेश बुढाथोकीले रायमाझीको निधनले समग्र कला जगत स्तब्ध भएको भन्दै उनको  निधनले सिनेमा उद्योगमा  एक अपुरणिय क्षति भएको बताए । यस्तै निर्माता संघका अध्यक्ष राजकुमार र्राईले सुशिला जस्तो परिचित कलाकारको गोप्य दाहसस्कार दुखदायी भएको भन्दै आगामी दिनमा कुनै पनि कलाकारको निधनमा सम्बन्धीत परिवारलाई गोप्य नराख्न र सम्बन्धीत संघसंस्थाले पनि उक्त बिषयमा चासो देखाउनु पर्ने बताए  ।
 
त्यसैगरी अभिनेत्री लक्ष्मी गिरीले आफू कलाको क्षेत्रबाट परिचित भएकाले अन्त्येष्टी सुशिलाको जस्तो नगरिओस भन्दै सुशिलाको व्यक्तित्वको चर्चा गरिन् । आफ्ना दुईवटा सिनेमामा पर्खिबसे र भाईभाईमा सुशिलाकै कारण सुपरहिट भएको भन्दै निर्देशक दीपक श्रेष्ठले सुशिला हरेक पक्षबाट उत्कृष्ट अभिनेत्री भएको टिप्पणी गरे । 
 
रहस्यमय तरिकाले कुनै पनि चलचित्रकर्मीलाई नभेटि  विदा भएकी रायमाझीको निधन र उनको दाहसस्कार सिनेकर्मीका लागि तेस्रो  उदाहरण हो । किन कि यस अघि कलाकार गोपाल राज मैनाली, तथा केही समय अघि निर्देशक  दीपक रायमाझीको निधन र दाहसस्कार गोप्य भैदिदा चलचित्रकर्मीले उनीहरूको निधनलाई विभिन्न कोणले ब्याख्या गरेका थिए  र   सुशिलाको निधन संगै रातारातको अन्त्येष्टीले पनि विभिन्न प्रश्नहरू खडा गरिदिएका छन् ।
 
 
यस्तै  सुशिला जस्तो महान कलाकारको निधनमा उनको परिवारले समेत गोप्य बनाएको अन्त्येष्टी कार्यक्रम   भन्दा लाजमर्दो तरिकाले सम्पूर्ण  कलाकारलाई  श्रद्धाञ्जली कार्यक्रममा निम्तो नदिदा स्वयम कलाकारसंघ र अध्यक्ष  रमेश बुढाथोकीको कामकारिबाही प्रति केही सिनेकर्मीले तीब्र असन्तुष्टी जनाएका छन् । हतारमा गरिएको जस्तो देखिएको  श्रद्धाञ्जली सभामा सिमित चलचित्रकर्मीको मात्र उपस्थिती थियो । त्यसमध्ये पनि पब्लिकले चिन्ने कलाकारको उपस्थिति  भने औलामा मात्र गन्न सकिने थिए ।