मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आई एम सरीलाई तानातान

युबराज निरौला/सुशील कार्की , दमक, 2012/02/06

बिग बजेट भनेर प्रचार प्रसार गरिएको चलचित्र आई एम सरी यहि माघ २७ गते नेपालभर रिलिज हुँदैछ । भ्यालेन्टाइन डेलाई मध्यनजर गर्दै यो सिनेमा शुक्रबारदेखि रिलिज गर्न लागिएको हो । नेपालमा अपेक्षित ५० मेजर स्टेसनबाट सार्बजनिक हुने सिनेमाको प्रचार प्रसार सोचे अनुसार जति हुनु पर्ने हो त्यति हुन सकीरहेको छैन । पब्लिसिटीमा कन्जुस गरे पनि सो चलचित्रको संगित पक्षले भने निकै नै गति लिइरहेको छ ।
 

चलचित्रको पूर्वका हल र चोक-चोकमा पोस्टर र फ्लेक्स लागि सकेको छ तर आझै पनि दर्शक सामु यो दोधार छ कि यो सिनेमा कुन हलमा लाग्छ ? दमकको निलकण्ठ चित्र मन्दिर र दमक चलचित्र मन्दिरमा एकै साथ प्रदर्शन हुने भनिएको चलचित्रको पब्लिसिटी यी दुवै हलले तिब्र रुपमा बढाउन पाउदा नपाउदै बिर्तामोडमा पनि श्री कृष्ण टाकिज र अन्नपुर्ण टाकिजमा सो चलचित्र लगाउने होड बाजी चलेको छ । शुरूमा निलकण्ठ चलचित्र मन्दिरले आफ्नो हल अगाडी पोस्टर पनि टाँसिसकेको थियो तर अहिले पोस्टर निकालिएको छ ।
 

यो चलचित्र कहाँ लाग्ने हो भन्ने आम दर्शक माझ अझै पुस्टि भएको छैन तर दमकको मातहतमा दमक चलचित्र मन्दिरमा लाग्ने निश्चित छ भने बिर्तामोडको हकमा श्री कृष्ण टाकिजमा लाग्ने प्रस्टाए वितरक सुनिल मानन्धरले । किन यस्तो अनिश्चितता भयो भन्ने प्रश्नमा उनले थपे, 'राम्रो चलचित्र सबै हलले लगाउन खोजेका हुन् त्यो स्वभाबिक हो' ।


राम्रो चलचित्र बनाएकाले दर्शकहरूले रूचाउनेमा निर्देशक दिनेश राउत ढुक्क छन् भने नायक आर्यन सिग्देल यो चलचित्रबाट निकै आशा राखेका छन् । यस्तै नायिका केकी अधिकारी पनि यस चलचित्रले आफूलाई उचाईमा पुर्‍याउने कुरामा ढुक्क छिन् ।  वितरक सुनिल मानन्धर पनि चलचित्रको व्यापार सफल हुनेमा ढुक्क छन् । आर्यन र केकी स्टारर चलचित्र आई एम सरीलाई हरि महतले निर्माण गरेका हुन् ।