मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डबिङ सकेरै उडे हिरो

फिल्मीखबर, काठमाण्डौ, 2012/02/06

एकैसाथ सुटिङ शुरू भई एकैसाथ इन्डक्ल्याप गरिएको चलचित्र 'थ्री लभर्स' र 'फेसबुक' को सम्पादन पनि एकैसाथ भईरहेको छ । चलचित्रको सम्पादन भईरहेका बेला दुबै चलचित्रका हिरो देबु श्रेष्ठ र स्वतन्त्र प्रताप शाह भने डबिङ सकेर आ-आफ्नो कर्मथलो फर्किसकेका छन् ।

 

'थ्री लभर्स' डेब्यू हिरो केहि साता अगाडी नै डबिङ सकेर कर्मथलो बेल्जियम पुगेका हुन् भने गत साता मात्रै आफ्नो डबिङ सकेर 'फेसबुक' डेब्यू हिरो अष्ट्रेलिया प्रस्थान गरेका हुन् । यस्तै 'थ्री लभर्स' नायिका प्रियंका कार्की पनि आफ्नो डबिङ सकेर एक साता भित्रमा अमेरिका प्रस्थान गर्ने बताईएको छ । अहिले 'थ्री लभर्स' को अनामनगर स्थित डिजिटल टच क्रियशनमा सम्पादन भईरहेको छ भने 'फेसबुक' को अनामनगर स्थित सफ्ट ईमेज स्टुडियोमा सम्पादन भईरहेको छ । 'थ्री लभर्स' लाई दिर्घ खड्काले र 'फेसबुक' लाई बनिश शाहले सम्पादन गरिरहेका छन् ।

 

धमाधम सम्पादन र डबिङ भईरहेको सो चलचित्रलाई छिट्टै नै दर्शक माझ ल्याउने तयारी गरिंदैछ । सम्भवत यि दुबै चलचित्र २०६९ को शुरूवात तिर रिलिज हुनेछन् । तर दुबै चलचित्रमा मुख्य पात्र एनआरएन भएकाले प्रदर्शनको शुरूवात भने बिदेशबाट नै हुने करिब निश्चित नै छ । सुरेश दर्पण पोखरेलले 'थ्री लभर्स' को निर्देशन गरेका हुन् भने 'फेसबुक' को निर्देशन सुरज सुब्बा 'नाल्बो' ले गरेका हुन् ।

 

सुनिल कुमार थापाले निर्माण गरेको चलचित्र 'फेसबुक' बेरोजगार युवाको कथामा केन्द्रित छ भने प्रिन्स श्रेष्ठले निर्माण गरेको 'थ्री लभर्स' तीन प्रेमीको कथामा केन्द्रित छ । फेसबुकमा स्वतन्त्रको साथमा राजेश हमाल, झरना थापा, सुवास थापा, सुनिल थापा, अनुराग मान सिंह कुवँर, मटिन खान, विल्सन विक्रम राई, सुमन गैरे, धिरेन्द्र चन्द, अभिमन्यु केसी लगायतको अभिनय रहेको छ भने थ्री लभर्समा देबु र प्रियंकाको साथमा निरज बराल, सुमन गैरे, धिरेन्द्र राज थापा, पूजा शर्मा, केशब भट्टराई, रश्मि भट्ट लगायतको अभिनय रहेको छ ।