मिति : २०८२ ज्येष्ठ २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शोभितको जन्मदिनमा ' जाऊ हिड पोखरा'

फिल्मीखबर, काठमाण्डौ, 2012/02/05

नेपाली चलचित्र राजकुमारबाट चलचित्र निर्देशनको यात्रा तय गरेका निर्देशक शोभित बस्नेतले दुई   दर्जनौ नेपाली चलचित्र निर्देशन गरि सकेका छन ।  बस्नेतले पछिल्लो समयमा चलचित्रको निर्माण समेत गर्दै आएका छन ।  प्राय उनले आफैले निर्देशन तथा  निर्माण  गर्ने चलचित्रमा अभिनय समेत गर्ने गरेका छन । 

 

यद्यपी हाल उनी अरुकसैको निर्देशनमा बनिरहेको चलचित्र हाल पिरिम पर् याछ मा  अभिनय गरेका छन् ।  उनले निर्देशन गरेको चलचित्र तँ त साह्रै सप्रिस नि बद्रि ,बरदान , प्लान,  र दुलही रानी प्रदर्शनको क्रममा रहेको छ । सख्यात्मकरुपमा चलचित्रहरुको निर्माण धेरै गर्ने र  चलचित्रको गुणस्तरलाई खासै वास्ता नगर्ने उनलाई आरोप लागेको बेला  आज  उनले आफ्नो  ३७ औ जन्मदिनको उपलक्ष्यमा नयाँ  चलचित्र जाउ हिड पोखराको घोषणा समेत गरेका छन ।

जाऊ  हिड पोखरालाई केहि समय अगाडी सगीतकार शम्भुजित बास्कोटाले निर्माण गर्ने चर्चा चलेको थियो तर निर्देशक बस्नेतले  फिल्मी खवरलाई दिएको जानकारी अनुसार सो चलचित्रको सगीत मात्रै शम्भुजित बास्कोटाले तयार पार्ने र निर्माण  निर्देशन आफैले गर्ने  बताए । साथै उनले नया चलचित्रको घोषणा सगै चलचित्रको कथा रगंपत्रकार धुर्ब   लम्सालले तयार पारेको जानकारी दिए ।  जाउ हिड पोखराको छायाकंनक  एक मिहनाभित्र सुरु गर्ने उनले बताए । सिनेमा निर्माणमा मेसिनको उपाधी पाएका शोभितले यो बर्ष उक्त चलचित्र निर्देशन गरे सिनेको संख्या पच्चिस पुग्ने छ भने यो बर्षमात्रै उनको सिनेमा निर्देशन संख्या चार पुग्ने छ ।