
नेपाली चलचित्रको बिकास र प्रबर्धनका लागि भनेर सरकारी तवरबाट स्थापना गरिएको सस्था चलचित्र बिकास बोर्डले क्रमिक रुपमा विभिन्न निती तथा कार्यक्रमहरु सार्वजनिक गर्दै आएको छ । केहि समय अगाडी मात्रै बोर्ड नेपाली चलचित्रमा सङकटकाल लगाउन लागिपरको थियो । चलचित्रमा लगाउन लागिएको सो घोषणा प्रभावकारी रुपमा अगाडि बढन भने सकेन । नेपालको अस्थिर राजनैतिक अवस्था बेलाबेलामा परिवर्तन भइरहने सरकार र सरकार परिर्वनसगै परिर्वतन भइरहेने विकास बोर्डको नेतृत्व पनि समस्याको कारक बन्दै आएको छ ।
चलचित्र विकास बोर्डको नेतृत्व अध्यक्षले गर्ने र उसले आफ्नो कार्यकाल सफल बनाउन लागि विभिन्न निती तथा कार्यक्रमहरु बेला ल्याउने गरेको पाईन्छ । जो पदमा छ उसले नविन निती तथा कार्यक्रम ल्याउने र पदमुक्त भएपछि अर्का नेतृत्वकारी आएर सो निर्णय उल्टाउने गरेकाले त्यस्ता कार्यक्रमहरु अलपत्र पर्ने गरेकॊ छ । चलचित्र बिकास बोर्ड राजनैतिक दलका कार्यक्रताको मागी खाने भाडो भएको आरोप पनि नलगाएका होइन । नेपाली चलचित्रको सम्रग विकास लागि गठन भएको चलचित्र विकास बोर्ड हाल एक नया निती ल्याउने तयारीमा रहेको चलचित्र विकास बोर्डका प्रवक्ता विकास आर्चायले फिल्मी खवरलाई जानकारी दिएका छन । उनले अव चलचित्रको बर्गीकरणको कार्यक्रम ल्याउन लागेको समेत जानकारी दिए ।
केहि दिनभित्रै पत्रकार सम्मेलन गरि नेपाली चलचित्रको बर्गीकरणको स्पष्ट खाका समेत प्रस्तुत गरिने उनले जानकारी दिए । कमशल खालका र सस्ता चलचित्रले गर्दा नेपाली चलचित्रको बजार विस्तार गर्न कठिन भएकाले चलचित्रको बर्गीकरणको कार्यक्रम ल्याउन लागिएको उनले जानकारी गराए । रिजोजलुशनको आधारमा चलचित्रको बर्गीकरण गरिने समेत उनले जानकारी दिए । दजनौ चलचित्रको छायाकंन र प्राविधिक कार्य भइरहेको बेला बोर्डको यो नितीले कस्तो उथल पुथल सिर्जना गर्ला बोर्डले नेपाली चलचित्रको प्रविधि र गुणस्तरको नापतौल गर्न ल्याउन लागिएको यस्ता निती तथा कार्यक्रम कत्तिको प्रभावकारी ढङगबाट अगाडि बढ्ला । त्यो भने केही दिनमै थाहा हुने छ । किन कि क्यामेराको आधारमा कि्रएसन तुलना गरिएको भन्दै निर्देशकहरुले बिकास बोर्डको पुरानो निर्णयमा असन्तुष्ट छन् । यध्यपी बिषय परिमार्जित गरेर आए बोर्डको निर्णय स्वागतयोग्य हुने प्रवल सम्भावना पनि छ ।