
हिरोईन करिश्मा मानन्धर तथा उनका पति एवं निर्माता विनोद मानन्धरलाई पितृशोक परेको छ । दुईसातादेखि अस्वस्थ रहेका विनोदका पिता ईश्वर मानन्धरको गए राति लण्डनमा निधन भएको बताईएकेा छ । यस्तै पिताको निधन भएपछी मानन्धर परिवार विचलित भएको छ । ८२ बर्षे ईश्वर राम्रा साहित्यकार पनि हुन र गएको दशैको छेकोमा उनले छोराबुहारीको निवासमा दुई पुस्तक पनि सार्वजनिक गरेका थिए । चिसोले अचानक सताएपछी अस्पताल भर्ना भएका उनलाई निमोनियाले च्यापेपछी निधन भएको निर्माता विनोदले जानकारी दिए ।
'बुवा बिरामी भएको थाहा पाएपछी लण्डन जाने तयारी गरिरहेको थिए तर अचानक उहाँ स्वर्गवास हुनु भयो ।' भावुक मुद्रामा विनोदले भने । उनका पिता लण्डनमा रेष्टुरेन्ट ब्यावसाय खोल्ने पहिलो नेपाली हुन । जसको पदलाई पच्छयाउदै अहिले लण्डनमा सयौको संख्यामा नेपाली खाना पाईने रेष्टूरेन्ट साचालनमा छन् । करिब ३५ बर्ष लण्डनमा नटराज रेष्टूरेन्ट संचालन गरेका मानन्धरको रेष्टूरामा नेपाली कलाकारदेखि राजनीतिक दलका नेता तथा साहित्यकारहरुले धेरै रात विताएका छन् ।
एक शब्दमा भन्नु पर्दा विनोदका पिताले लण्डनमा खोलेको नटराज रेष्टूरा नेपाली दुतावास भन्दा ठूलो थियो । जहाँबाट पिडित नेपालीहरुलाई ईश्वरले उद्धारगर्नुको साथै काम समेत लगादिने गर्थै । पिताको निधन भएपछी विनोद लण्डन जाने तयारीमा छन् । उनको बहिनी लण्डन पुगिसकेकाले आफू बिहिबार मात्र लण्डन जाने विनोदले जानकारी गराए ।