मिति : २०८२ ज्येष्ठ २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुवन केसीको छोराको के च्यापियो ?

फिल्मीखबर, काठमाण्डौ, 2012/02/05

जव जव काजोल फिल्मसको ब्यानरबाट भुवन केसीको चलचित्र रिलिज हुन्छ तव–तव उनको फिल्मी झट्काहरूले सिनेमा उद्योग तताउन धेरै समय लगाउदैन ।


उत्कृष्ट फिल्म मेकरको पक्तिमा गनिएका भुवनको डेढ बर्षे पालो पर्खाईबाट सिनेमा रिलिज हुदैछ । मेघा प्रोजेक्ट भनेर विभिन्न एंगलबाट चर्चा चलेको भुवनको सिनेमा 'साथी म तिम्रो' फागुन १९ देखि देशभर रिलिज हुदैछ । प्रोमोशन स्वरूप फ्याकिएको ''हे माया तिमी भन्दा म पहिला मर्छु है..." बोलको गीतले चर्चा पाईरहेका बेला उनले नयाँ प्रोमो तयार गरेका छन् ।



अनलाईन दर्शकलाई मध्यनजर गर्दै उनले तयार गरेको 'साथी म तिम्रो' को प्रोमोमा एउटा यस्तो बाल संवाद प्रयोग गरिएको छ जसलाई हेर्दा दर्शक खित्का छाडेर हाँस्न बाध्य हुन्छन् । फिल्मीखबरमार्फत सार्वजनिक गरिएको प्रोमोमा सिनेमा प्रमुख कलाकार शिर्षक सापकोटा भुवनको छोरा  भएर अभिनय गरेका छन् । यसअघि फिल्मीखबरबाट सार्वजनिक गरिएको प्रोमोमा कुनै पनि संवाद प्रयोग गरिएको थिएन तर यसपटकको सार्वजनिक प्रोमोमा भने छुद्र भूमिकामा रहेका शिर्षकले भुवनसंग कस्तो संवाद गरेका छन् हेरौं ...