मिति : २०८२ ज्येष्ठ २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'काठमाण्डू' हेर्न युवा दर्शकहरूको घुईचो

सुमन वाग्ले, काठमाण्डौ, 2012/02/04

हिजो शुक्रबारबाट राजधानीका डेढ दर्जन सिनेमा घरमा प्रदर्शन भईरहेको चलचित्र 'काठमाण्डू' ले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । चलचित्र हेरेका अधिकांश दर्शकले कथाबस्तु र प्रस्तुतीकरणको साथमा भिडियो क्वालिटीको खुलेर प्रशंशा गरेका छन् ।

 

चलचित्र हेर्न बिशेष गरी युवाहरूको समूह नै बढि देखिएको छ । आज शनिबारको दिन मुख्यतया राजधानीका मल्टिप्लेक्स हलमा 'काठमाण्डू' हेर्ने दर्शकको घुईचो लागेको पाईएको छ । भोलिका दिनमा चलचित्रको व्यापार कस्तो हुन्छ त्यो त समयलाई नै कुर्नुपर्छ तर आजका दिनमा जुन दर्शकओ भिड देखिएको ६ त्यो भोलीका दिनमा पनि देखियोस् हाम्रो शुभकामना !


बिग सिनेमामा चलचित्र 'काठमाण्डू' हेरिसके पछि दर्शकले दिएको प्रतिक्रिया यस्तो छ -


चलचित्रको कथाबस्तु निकै नै मन पर्‍यो । युवा पुस्ताको कथालाई पनि चलचित्रले समेटेको पाए । चलचित्रले मनोरन्जनका साथसाथै एउटा सन्देश छोडेकोले चलचित्र निकै राम्रो लाग्यो ।
रोशस रिजाल, स्थायी ठेगाना धरान हाल काठमाण्डौ

चलचित्रले देशको  वर्तमान अवस्थालाई उतारेको रहेछ । चलचित्रको सागितिक पक्ष निकै नै उत्कृष्ट लाग्यो र चलचित्र पनि एकदम क्लियर र सफा पाए ।  यो नेपाली चलचित्र भएपनि कुनै  हिन्दी चलचित्र भन्दा कम छैन ।
सुनिल गजमेर, काठमाण्डौ

चलचित्रमा सबै कलाकारको पफमेन्स निकै नै राम्रो छ । चलचित्र देखाएको अमेरिका र नेपालका दृश्यहरु निकै नै राम्रो छ । चलचित्रले हामीजस्ता युवाको मन छोयो र चलचित्रले दिन खोजेको सन्देशले हामी लगायतका अभिभावकले पनि यो चलचित्र र्हेन जरुरी छ ।
मनोज रावल, काठमाण्डौ

धेरै पछि नेपाली चलचित्र हेर्न आएको थिए । चलचित्र राम्रो लाग्यो अरु साथीहरुलाई लिएर चलचित्र र्हेन फेरि आउने छु । चलचित्र देखाउन खोजेको कुरा निकै नै समय सान्दर्भिक छ ।
रबिन्द्र श्रेष्ठ, काठमाण्डौ


म प्राय नेपाली चलचित्रहरु सान्दर्भिक तर अन्य चलचित्रको तुलनामा यो चलचित्र निकै सफा आकर्षक दृश्यहरु समेटेको पाए । चलचित्रले देखाउन खोजेको कुराहरु मन छुने खालका छन् । चलचित्रले वर्तमानका युवाहरुको समस्या र त्यसले निम्ताएको कठिन परिस्थितीले अभिभावकलाई दिएको पिडालाई  प्रस्तुत गर्न खोजेकाले चलचित्र  निकै राम्रो लाग्यो ।
सुवास तिवारी, काठमाण्डौ

 

कथाबस्तु र प्रस्तुती राम्रो छ । यसले मनोरञ्जन भन्दा बढि सन्देश दिन खोजेको छ । काठमाण्डूको धेरै पाटोलाई छोएकोले कथा फ्लोमा नगएको महसुस हुन्छ । तर जुन कुरा उठान गरेको छ त्यो एकदमै सान्दर्भिक छ । बिशेषगरी हरेक बाबुआमाले यो चलचित्र छोराछोरीको साथमा नै आएर हेर्नुपर्छ । ताकि अबको युवापुस्ता कुन बाटोमा जाँदैछ भन्ने थाहा पनि हुन्छ ।
शकुन्तला पौडेल, ललितपुर