Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलेसियामा जर्नी टु यार्सा रूचाईयो

रामचन्द्र नेपाल, क्वालालम्पुर, 2012/02/04

ठुलो चलचित्र मात्र होइन यदि राम्रो डकुमेन्ट्री वनाउने हो भने सफल रुपमा प्रदर्शन हुन सक्दौ रहेछ भन्ने यतिवेला मलेसियामा रहेका दर्शकहरुलाई सोध्दा पनि हुन्छ । यार्सागुम्वामा आधारित रहेर तयार पारिएको 'जर्नी टु यार्सा' वृतचित्रलाई मलेसियन तथा मलेसियामा रहेका नेपालीहरुले निकै मन पराएका छन् ।

 

अर्न्तराष्ट्रिय स्तरमा प्रदर्शन थालिएको 'जर्नी टु यार्सा' वृचचित्रको पहिलो अर्न्तराष्ट्रिय प्रर्दशन मलेसियावाट शुरु भएको छ । मलेसियाका लागि नेपाली राजदुत डा. श्रृषिराज अधिकारीले क्वालालम्पुरमा वृतचित्रको प्रथम प्रदर्शनको उदघाटन गरे पछि अहिले 'जर्नी टु यार्सा' को चर्चा निकै चलेको छ । वृतचित्रका् उदघाटन अवसरमा वोल्दै राजदुत अधिकारीले विश्वमै दुर्लभ मानिएको यार्सागुम्वा नेपालमा पाईने  भएकाले यो वृतचित्रले  यार्सागुम्वाको वजारलाई अन्तराष्ट्रिय स्तरमा पुरयाउन निकै सहयोग पुग्ने बताए  । 

 
वृतचित्रका निमार्ता तथा निर्देशक दिपेन्द्र भण्डारीले वृतचित्र वनाउदा खेरीको अवस्था तथा त्यहाँका जनताले वाच्नको लागि गरेको सघर्षको वारेमा बटुलेको अनुभव सुनाए । वृतचित्र प्रर्दशनवाट उठेको रकमको केहि प्रतिशत त्यहिका वालवालिकाको शिक्षामा आफुले प्रदान गर्ने भण्डारीको भनाई छ । यसैविच नेपाल मलेसिया विजनेश काउन्सिलका पदाधिकारीहरुले समेत यो वृतचित्रलाई निकै चाख मानेर हेरेका थिए । होटल कोहिनुरमा देखाईएको वृतचित्र हेर्नेहरुको भिड नै लागको थियो ।
 
नेपाल मलेसिया विजनेश काउन्सिलका अध्यक्ष प्रदिप कुमारले यार्सागुम्वाको व्यापार गर्न मलेसियाका व्यापारीहरु पनि इच्छुक रहेको र यो वृतचित्र हेरिसकेपछि थप जानकारी प्राप्त भएको बताए । आफुले पनि वृतचित्रका निर्मातालाई सक्दो सहयोग गर्ने बताए । यसैगरी क्वालालम्पुरको द खुकुरी रेष्टुरेष्टमा उक्त वृतचित्रलाई निकै चाख मानेर हेरेका व्यापारी सन्तोष कार्किले २६ हजार व्यक्तिगत रुपमा  सहयोग  गरे । 
 
केहि समय अगाडि नेपालमा भएको वृतचित्र महोत्सवमा डेब्यु फिल्म एवार्ड जित्न सफल तथा धैरै अडियन्स जम्मा गरेर एक हजार अमेरिकि डलर पुरस्कार पाउन सफल 'जर्नि टु यार्सा' मलेसिया पछि फिनल्याण्ड तथा क्यानडा र कतारमा हुने फिल्म फेस्टिवलमा समेत सहभागिता जनाउदैछ । करीव तिन वर्ष लगाएर तयार पारिएको जर्नी टु यार्सा वृतचित्रमा यार्सागुम्वा टिप्न जादाको कठिन अवस्था देखि वजारमा पर्ने वास्तविक मुल्यलाई समेत औल्याइएको छ । प्रत्येक वर्ष सात हजारको संख्यामा यार्सागुम्वा टिप्न जानको अवस्थालाई रुकुमकी फुनिमाया कामिको जीवनमा जोडिएर वृचचित्र तयार भएको छ  ।