डकुमेन्ट्री टेलिचलचित्र हुदै चलचित्रको निर्माण तथा निर्देशन गर्न थालेका शंकर घिमिरे यतिबेला दोधारमा छन् । उनको पहिलो निर्देशन तथा निर्माण रहेको चलचित्र 'विष' विदेशमा प्रदर्शन भएपनि नेपालमा भने सोचेजति सफलता प्राप्त सकेन । पहिलो गासमा ढुंगा परे पनि उनि हरेश भने खाएनन् । त्यसैले उनले दोश्रो चलचित्र निर्देशन तथा निर्माण गर्ने अठोट गरे चलचित्र 'बिरताको चिनो' ।
'बिरताको चिनो' चलचित्र त प्रर्दशनमा आयो तर यसले पनि सोचे जति सफलता पाप्त गर्न सकेन । तैपनि उनि हरेश खाएनन् । अनि केहि आफुले पनि लगानी गरेरै भएपनि हास्यप्रधान चलचित्र 'ब्रेकफेल' को निर्देशन गर्न पुगे । उनको यो चलचित्रले त झन् पानी समेत भन्न पाएन । नेपाली चलचित्र क्षेत्रका अनलक्की निर्देशकको उपाधी पाएका यी निर्देशक अहिले एउटा निष्कर्षमा पुगेका छन् । यिनलाई 'ब' अक्षर फापेन रे ! त्यहि कारणले गर्दा उनको बिष, बिरताको चिनो र ब्रेकफेल चलचित्रहरु लगातार असफल भएको हो रे !
सायद त्यसैले होला अब उनले 'ब' बाट आउने कुनै पनि चलचित्र निर्देशन नगर्ने बताउँछन् । त्यसैले उनी अब त अक्षर तिर लाग्दै आफ्नो नयाँ नामले रकर्ड तोड्ने विश्वास लिएका छन् । हाल पोष्टप्रोडक्सनको अन्तिम चरणमा रहेको उनको तुलसी रिलिजको तयारी छ जसबाट आफूले सोचे जस्तो प्रतिफल पाउने उनले विश्वास ब्यक्त गरेका छन् । उनले भने, 'मैले भिन्न सवजेक्टमा सिनेमाहरु बनाईरहेको अवस्थामा तुलसी पूर्ण मौलिक फिल्म हो । तसर्थ 'त' भन्ने अक्षर मेरा लागि फाप्ने कुरामा कुनै दूई मत छैन ।'
जेहोस चलचित्र राम्रो नबनाइ अक्षरको पछाडि दौडने यीनको काइदालाई पनि गजव मान्नुपर्छ । यि निर्देशकको अक्षर दौडाईलाई हेर्ने हो भने नेपाली अक्षर 'क' देखि 'ज्ञ' सम्म भ्याई आफुलाई नेपाली अक्षर पनि नफापेको भन्दै अंग्रजी लेटर तिर लाग्ने पो हुन् की अथवा अंग्रजी लेटर पनि फापेन भन्दै हिन्दी, उर्दु, चाइनिज, जापानिज आदि भाषा तिर लाग्ने त होइनन् ? कौतुहल्दाको बिषय बनेको छ । तर पनि 'ब' छाडेर 'त' रोजेका शंकरलाई 'त' ले शिखरमा पुर्याओस् । बेष्ट अफ लक !

