फागुन १९ को रिलिजमा जसरी होम प्रोडक्सनको फिल्म 'साथी म तिम्रो' मार्फत भुवन केसीलाई लामो समय पछी दर्शकले पर्दामा हेर्न पाउने छन् । सोही अनुरुप उक्त सिनेमा रिलिजको ठीक एक महिनापछी होम प्रोडक्सन बाहिरको सिनेमामा भूवनलाई दर्शकले पुनः हेर्न पाउनेछन् ।
फिल्म निर्माण कम्पनीले छायाकंन भइरहेको अवस्थामा नै चलचित्रको प्रदर्शनको मिती पक्का गर्ने प्रचलन अनुरुप भुवन अभिनित चलचित्र 'विरासत' पोष्टप्रोडक्सनको तिब्र रफ्तारसंगै चैत तेस्रो साता रिलिज हुन लागेको हो । यस अघि चलचित्र 'बसमा छैन यो मन', 'म बिस्रु कसरी' निर्माण गरिसकेका रिमेश अधिकारीले चलचित्र विरासत निर्माण गरेका हुन् ।
रिमेशले दिएको जानकारी अनुसार विरासतको हाल प्राविधिक कार्य जारी रहेका बेला प्रदर्शन मिति तय गरिएको हो । गोविन्द गौतमको निर्देशन रहेको उक्त चलचित्रमा भूवन केसीको साथमा सुभद्रा अधिकारी, सिर्जना बस्नेत र सोनिया केसी मुख्य कलाकार हुन् । प्राय आफैले निर्माण गरको चलचित्रमा अभिनय गर्ने भुवन केसीले चलचित्र बिरासतमा अभिनय गर्नुले पनि यो चलचित्रलाई महत्वका साथ हेर्न सकिन्छ ।
पारिवारिक प्रेमकथामा आधारित उक्त चलचित्रको प्रदर्शन मिती तय भए पनि प्रचार प्रसारमा निर्माता रिमेश भने जुटन सकेका छैनन् । चलचित्रको प्रोमोशनका लागि सम्पूर्ण गृहकार्य भइसकेको र अव छिट्टै नै चलचित्रको प्रोमो तथा गीतहरु सार्वजनिक गरिने निर्माता अधिकारीले जानकारी दिए । चलचित्र बिरासत पूर्ण व्यवसायिक चलचित्र भएको र यो चलचित्र आफुले निर्माण गरेको अघिल्ला चलचित्रहरु भन्दा पृथक रहेको निर्माता अधिकारीले दाबी गरेका छन् ।

