भक्ति होस् त ठूल्दाईको जस्तो । उही हाम्रा ठूल्दाई उर्फ शिव श्रेष्ठ क्या जो साईराम भक्त हुन् । उठ्दा, सुत्दा, जहाँ हिंडे पनि जसलाई भेटि पनि सुरूमा उनी भनिहाल्छन् 'साईराम' । यति मात्र हैन अरूले केही भनेको कुरा यदि उनले सुनेन् भने उनी साईराम भन्दै पुनः सोधिहाल्छन् । कसैले गल्ती गरे साईराम भन्दै उनी त्यो गल्ती मिलाउन पनि पुग्छन् । के टाउन (कलिउड टाउन) मा सवैका ठूल्दाई भनेर परिचत शिवले सिनेमाको भब्य कार्यक्रममा प्रमुख अतिथि भएर तेर्ह बर्ष अघिदेखि पाएको ठूल्दाईको ट्यागलाई पुन: एक पटक सम्झिने मौका पाए ।
बिहिबार कमलपोखरी स्थित विग सिनेमा आयोजना भएको प्रिमियर समारोहमा यि ठूल्दाई प्रमुख अतिथी बन्दै सिनेमा प्रिमियरलाई अगाडी बढाउन निर्देशन दिए । कम बोल्ने यि ठूल्दाई कहिले काही थोरै बोलिदिदा पनि आयोजकलाई हैरान हुने गर्छ । प्रिमियर समारोहमा प्रमुख अतिथि बनेका ठूल्दाईले जव आदेश दिने मौका पाए तव उनले भने 'साईराम, धेरै कुरा त के बोल्नु फिल्म हेर्न तर्फ लागौ ।'
स्काई मुभिजले निर्माण गरेको काठमाण्डू शुक्रबार देखि राजधानीका डेढ दर्जन सिनेमा घरमा रिलिज हुदैछ । जस अनुरूप रिलिजको अघि अघिल्लो दिन उक्त सिनेमाको रेडकार्पेट प्रिमियर गरिएको हो । बेन नविन अधिकारीद्धारा निर्मित तथा आकाश अधिकारीद्धारा निर्देशित उक्त चलचित्रको प्रिमियरमा चलनचल्तीका कलाकार देखि सञ्चारकर्मीको बाक्लो उपस्थिती रहेको थियो ।
चलचित्रमा मुख्य भुमिकामा देखिएकी अमेरिकी नागरिक नायिका रिया मार्फी र जर्मनमा बस्दै आएकी एनआरएन नायिका प्राप्ती घिमिरे प्रिमियरमा देखिएनन् भने नायक रेश मरहठ्ठा नेपालमा नै भएर उपस्थित भएनन् । यसैगरी अर्की अभिनेत्री गौरी मल्ल पनि अमेरिकामा रहेकाले उपस्थित हुन सकिनन् ।
प्रिमियर समारोहका केहि तस्विरहरू







