मिति : २०८२ ज्येष्ठ २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिस यू रिलिज काउन्टडाउन शुरू

फिल्मीखबर, काठमाण्डौ, 2012/02/01

फेब्रुअरी महिनालाई चलचित्र मिस यू युनिटले 'मिस यू मन्थ' भन्दै आज फेब्रुअरी १ तारिखबाट काउन्टडाउन शुरू गरेको छ । फेब्रुअरी १० तारिखका दिन कतारको दोहामा पहिलो स्क्रिनिङ भैइ नेपालमा १७ तारिख देखि रिलिज हुन लागेकाले चलचित्रको काउन्टडाउन शुरू भएको हो ।

 

चलचित्रको अफिसियल फ्यान पेज 'मिस यू- नेपाली फिल्म' मा यस्तो स्टाटस लेखिएको छ -   ‎"MISS U.. month" has begun. Yes ! The month of Love Feb has begun ..' Cheers !!! This iz 'Miss u..' month. चलचित्रको रिलिज मिती नजिकिंदै गर्दा चर्चा पनि राम्रै भईरहेको छ र धेरैले मोस्ट वैटेड मुभिको रूपमा मिस यूलाई लिएका छन् ।

 

भ्यालेनटाईन डे पनि यसै महिनामा पर्ने भएकाले प्रेममा डुब्नेहरूका लागि मिस यू फिल्मको केहि स्पेसल डाईलगहरू समेत प्रस्तुत गरिएको छ । प्रस्तुत डाईलगहरूले नै चलचित्रको कथालाई बोकेको निर्देशक सुरेश दर्पण पोखरेल बताउँछन् । सुरेश भन्छन्, 'चलचित्र रिलिज पूर्व प्रेममय डाईलग सार्वजनिक गर्नुको एउटै कारण छ 'भ्यालेनटाईन डे' ।' भ्यालेनटाईनको अवसरमा चलचित्रका प्रस्तुत डाईलगहरू चर्चित हुनेमा पनि यि युवानिर्देशक ढुक्क छन् ।

 

मिस यू भित्र कलाकारले बोलेका केहि मुख्य डाईलगहरू -

१. कसैले भनेका छन् सच्चा साथीमा भगवानको रूप हुन्छ रे ! त्यसैले साथीलाई मनमा हैन मन्दिरमा राख्नु पर्छ ।
२. I always praty to god 'हाम्रो फ्रेण्डसिप कहिल्यै पनि नटुटोस् ।' मलाई त लाग्छ हामी एकअर्काका लागी नै बनेका हौं ।
३. थाहा छ तिमीहरूलाई, तिमीहरूलाई भेट्नु अघि म आफूलाई एक्लो महसुस गर्थें तर आज I feel like i'm the luckiest person.

४. सोचेको थिएँ तिमीहरूलाई कहिल्यै पनि भेट्दिन तर...
५. ए आँशु तँ पनि कस्तो बैगुनी छस् मेरो ज्यासको आँखामा बस्न पाउँदा पनि झर्न खोज्छस् । ज्याज मलाई चाहिं तिम्रो आँखाबाट कहिल्यै नझार है !
६. तिम्रो आँखामा आँशु देख्दा जति पिडा साँझलाई हुन्छ त्यतिनै पिडा मलाई पनि हुन्छ ।


कतारमा पहिलो स्क्रिनिङ

अभिनयमा राम्रो छाप छोडेकी नायिका नम्रता श्रेष्ठको कमव्याकलाई महत्वपूर्ण रूपले हेरिएको चलचित्र 'मिस यू' को पहिलो स्क्रिनिङ कतारमा हुँदैछ । आउँदो फेब्रुअरी १० तारिखका दिन कतारको दोहा स्थित दोहा सिनेमा हलमा सो चलचित्रको रेड कार्पेट प्रिमियर हुँदैछ । अधिकांशको पर्खाईको चलचित्र 'मिस यू' लाई कतारमा रहेका नेपालीले पहिलो पटक हेर्ने पाउने भएकाले पनि त्यहाँका दर्शकहरू निकै उत्साहित भएको कतार रिलिज व्यवस्थापक सैलेन्द्र कठायतको भनाई छ ।

 

चलचित्र रिलिज हुने थाहा पाए पछि टिकट बुकिङका लागि दर्शकहरू निकै आईरहेको कठायतको भनाई छ । उनी भन्छन्, 'दर्शकहरूको क्रेज देख्दा त लाग्छ हामी प्रदर्शनमा सफल हुनेछौं ।' करिब एक हजार सिट क्षमता भएको दोहा सिनेमा हल खचाखच हुनेमा उनी बिश्वस्त छन् । कतारसँगै अष्ट्रेलिया र युरोपमा पनि फेब्रुअरी महिनामा नै यो चलचित्र रिलिज हुँदैछ । यस्तै इजरायल, दुबई, भारत, डेनमार्क लगायतका देशमा पनि रिलिजको तयारी गरिंदैछ ।

 

कतारमा हुन लागेको स्क्रिनिङका लागि आफ्नो सिट सुरक्षित गर्नुपरेमा निम्न ठेगानामा सम्पर्क गर्नुहोला -

Venue : Doha cinema Hall, Doha, Qatar

Time 2.30-5.00 pm

Ticket Rate : 15 and 20 Qar

Contact no:  +97430194679 (Sailendra Kathayat), +97477399373 (Bhanu Sharma)