मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ठूलो पेट हल्लाएर ऋचा नाच्दा संचिता र अरूणिमा दङ्ग

फिल्मीखबर, काठमाण्डौ, 2012/01/30

समकालिन दुई हिरोईनले सन्तान सुख प्राप्त गरेको केही महिना पश्चात ऋचा घिमिरे पनि आमा बन्ने खबर बाहिर आउँदा सिनेमा उद्योग एक पटक खुशियाली मय भयो । केही महिना अघि संचिता गर्भवती हुने बेलामा अरूणिमाको घरमा दही च्युरा खाएको प्रसंगले ट्याबलेड र म्यागजीनमा गसिप स्टोरी नबनेका पनि हैनन् । र, महिनौको ग्यापपछी सोमबार यस्तै दृश्य देखियो यि तीन अभिनेत्रीका बीच तर भिन्नै ढङ्गमा ।

चार महिनाको गर्भवती ऋचाको शरिर अहिले ज्यादै ठूलो भएको छ भने सुत्केरी अवस्थामा रहेका संचिता र अरूणिमा पनि पर्फेक्ट आमा भएका छन् । मात्र यति फरक हो कि अरूणिमा संचिताको तुलनामा अलि बढी फुर्तिली छिन् । मंगलबार साँझ ऋचाको माईलो दाईको विहेको रिसेप्सन पार्टीमा संगै भेटिएका तीन हिरोईनको केमेष्ट्रीले विहे पार्टीका दुलाहा दुलही भन्दा उनीहरू आकर्षणको केन्द्र बनेका थिए ।

 

आकर्षणको बीचमा ठूलो पेट हल्लाएर ऋचाले ब्रेक डान्स गर्दा अरूणिमा र संचिता तीन छक्क परेका थिए । कुनै कुनै समय दुई मम्मी हिरोईनले पनि ऋचालाई सघाउँदा उनीहरूको डान्सलाई नहेर्ने कोही थिएनन् । डिजेले हिन्दी र नेपाली गीतलाई रिमिक्स शैलीमा बजाई दिदा कार्यक्रम स्थलमा आफूहरू कुन अवस्थामा रहेको उनीहरूले चाल नै पाएनन् ।

सिनेमा क्षेत्रका  अरूणिमा,  संचिता, नायिका कृती भट्टराई र नायक विमलेष अधिकारी बाहेक अन्य सिने सेलिब्रेटी नडाकेकी ऋचा ठूलो पेट सहित रेड गाउनमा सेक्सी देखाएकी थिईन् भने संचिताले ब्ल्याक चेक कुर्ता र अरूणिमाले सिम्पल ड्रेस लगाएर पार्टीमा सहभागीता जनाएका थिए । यि तिनै नायिकाहरूको साथमा नायक बिमलेश र निर्देशक शंकर घिमिरे मज्जाले दिल खोलेर नाचेका थिए ।