Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म लेखाउन स्क्रिप्ट राईटरलाई अमेरिका भ्रमणको प्याकेज

फिल्मीखबर, काठमाण्डौ, 2012/01/30

सम्भवत नेपाली सिने उद्योगका लक्की पर्सनको रूपमा स्क्रिप्ट राईटर अच्यूत अधिकारीको नाम नलेखिएला भन्न सकिन्न । हुनत अधिकारीद्धारा लिखित धेरै फिल्म छैनन् तर च्यालेन्ज निर्माण गरेको कम्पनी भ्वाईस ईन्टरटेनमेन्टले उनलाई स्क्रिप्ट लेख्नकै लागि अमेरिका पठाउने तयारी गरेको छ ।


अभिनेता रेश मरहठ्ठाको च्यालेन्ज रिलिज मिति नजिकदै गर्दा स्क्रिप्ट राईटर अधिकारीलाई रेशले अमेरिका पठाउन लागेका हुन् त्यो पनि स्क्रिप्ट लेख्न मात्र । स्क्रिप्ट लेख्नकै लागि अधिकारी फ्रेब्रुअरी १५ तारिखका दिन अमेरिका उड्दैछन् । अमेरिकाको नर्थ क्यालोरिनामा उनले करिब दुई महिना सम्म बसी एनआरएनको पिडालाई आफ्ना शब्दमा उतार्ने छन् र रेशले प्रसन्न पौडेलको डाईरेक्सनमा उक्त फिल्म बनाउनेछन् । २२ दिने मुम्बई भ्रमणमा गएका बेला तयारी सुरू रेशको नयाँ प्रोजेक्ट एसियन एनआरएनको कथामा केन्द्रित हुनेछ । कथा रेशकै रहेकाले थप बुझाई र भोगाईलाई अधिकारीले स्क्रिप्टमा बाँध्ने छन् ।


एसियन स्टोरी भएकाले उक्त सिनेमाको पात्रहरू भारत र नेपालका चिनिएका अनुहार हुने छन् भने अमेरिकी नागरिक पनि सिनेमाको लिड रोलमा हुने बुझिएको छ ।  'सम्भवत सिनेमाको स्क्रिप्टको काम दुई महिना भित्र सकिने छ र फिल्म लिएर फ्लोरमा गईएला', अधिकारीलाई अमेरिका पठाउने बिषयमा फिल्मीखबरले राखेको जिज्ञासामा रेशले भने, 'भिन्न चलचित्र बनाउने तयारीमा छौं ।' मेघा बजेटमा निर्माण तयारीको प्रि–प्रोडक्सनमा लागेका प्रशन्नले यो बिषयमा एकै चोटी पछी थाहा दिने भन्दै प्रसंगलाई खोल्न चाहेनन्  ।

 

अधिकारीले प्रशन्नको पहिलो फिल्म स्वरबाट स्क्रिप्ट लेखन सुरू गरेका हुन् भने रिलिज हुन लागेको प्रशन्नको अर्को चलचित्र 'मेरो बेष्ट फ्रेण्ड' पनि उनले नै लेखेका हुन् । यस्तै  अधिकारीले पर्खिराख है, भनिदेउन माया गर्छु र प्रि–प्रोडक्सनमा रहेको रोज राणाको ग्याङस्टार पनि लेखिसकेका छन्  । अमेरिका गएर स्क्रिप्ट लेख्ने प्याकेज पाएपछी अधिकारी दंग भएका छन् । सपनाको देशमा स्क्रिप्ट लेख्न छाडेर अधिकारी उतै नहराई राम्रो कथा लेख्नु हाम्रो शुभकामना !