मिति : २०८२ ज्येष्ठ २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदिपको १० लाख दिने घोषणा

सन्जोग बस्याल, पोखरा, 2012/01/30

चलचित्र चल्न भन्दा अगाडी धेरै लेखक, निर्देशक, निर्माताले आफ्नो चलचित्र कतैबाट कपी नगरेको अरु भन्दा फरक कथा र विषय वस्तु समेटिएको र यदि कतैबाट चोरीएको पाईए बिभिन्न उपहार या यति उति रकम दिन्छु भनि गफ दिने गर्छन् ।

 

विभिन्न गफ दिए पनि प्रदर्शनमा आएपछि ति चलचित्रहरु कुनै न कुनै विदेशी चलचित्रबाट चोरीएको पाईन्छ अनि पछि ति गफाडीहरु नाना थरि बहाना बनाई त्यो कुरालाई टार्ने गर्छन् । त्यसैले आज भोली चलचित्रकर्मीले आफ्नो चलचित्र प्रदर्शनको समयमा आएर दिएको गफलाई कसैले पनि पत्याउन छाडिसकेका छन् । तर पनि चलचित्रकर्मीहरू यस्ता कुरा गर्न छाड्दैनन् ।


पछिल्लो पटक प्रदर्शन पुर्व नै चर्चामा आएको चलचित्र 'आई एम सरी' का लेखक प्रदिप भारद्धाजले पनि आफ्नो चलचित्र कुनै चलचित्रसंग कपी गरिएको पाईए १० लाख रूपैयाँ दिने घोषणा गरेका छन् । उनले पनि यो चर्चा पाउनको लागी गफ दिएको हो या साँच्चिकै फ्रेस स्टोरी हो त्यो त प्रदर्शन भए पछि दुधको दुध पानीको पानी भैहाल्नेछ तर उनले 'आई एम सरी' को कथा कसैको कपि नभएको र कसैसँगै नमिल्ने दाविका साथ यदि कथा कुनै चलचित्रसंग मिलेको भटिए उक्त मिलेको चलचित्रको डिभिडि सहित आउनेलाई १० लाख रूपैयाँ दिने घोषणा गरेका छन् ।

 

केही दिन अघि एउटा संचारमाध्यम मार्फत उक्त घोषणा गरेको थाहा पाएपछि फिल्मीखबरले भारद्धाजसंग उक्त कुरा स्पष्ट पारिदन आग्रह गर्दा उनले भने, 'मेरो लेखन रहेको चलचित्र आई एम सरी कसैको कथा र कसैको चलचित्रमा मिल्दैन । ' फिल्मीखबरसंग स्पष्ट पार्दै भारद्धाजले भने, 'यदि कसैले मिलेको प्रमाण दिन सकेमा दश लाख दिन्छु ।' लेखक भारद्वाजले फोनमा कुराकानी गर्दै भने, ‘यो नितान्त मेरो आफ्नो सृजना  हो ।’ चलचित्रमा देखिने दृष्यहरु र शैलीहरु मिले पनि कथाको सार विश्वव्यापी रुपमा कुनै पनि चलचित्रसंग नमिल्ने उनले बताए ।

 

एउटा ट्याक्सी ड्राईभरको कथा भएको चलचित्र  भनिएकोले हिन्दी चलचित्र ‘राजा हिन्दुस्तानी’ संग मिल्ने सिनेमा बजारमा चर्चा चलिरहेको बेला उनको यो भनाईले नयाँ तरंग ल्याईदिएको छ । ‘कहाँ आई एम सरी कहाँ राजा हिन्दुस्तानी’, उनले भने, ‘त्यो त चलचित्र हेरेपछि मात्रै थाहा हुनेछ ।’ यही चलचित्रबाटै निर्देशनमा डेव्यु गरेका निदेशक दिनेश राउतले पनि चलचित्र निर्माणको लागी सिटिङमा बस्ने बेलामा नै भारद्धाजले आफु लगाएत निर्मातालाई पनि यहि कुरा भनेको बताए । 'म, प्रदिप जी र निर्माता हरि जी कथाको लागी बसेका थियौँ त्यो बेला मैले उहाँसँग सोधेको थिएँ कपि त होईन नि ? त्यो बेला नै उहाँले आफ्नो कथा नितान्त नौलो भएको बताउनु भएको थियो ।'


भारद्धाजले नेपाली चत्रचित्रमा चलेका आधा दर्जन भन्दा बढि चलचित्रको कथा लेखिसकेका छन् । उनले हिफाजत, कस्ले चोर्‍यो मेरो मन, छोडी गए पाप लाग्ला, सम्झना, सपुत लगाएतका चलचित्रको कथा लेखेका थिए । अरु चलचित्रकर्मीको जस्तै यदि भारद्धाजको यो कुरा पनि पछि गलत सावित भयो भने उनिसंग डिभिडि लिएर कोही गएदश लाख मात्र हैन उनले अहिले सम्म कमाएको इज्जत गुमाउनु पर्नेछ ।  उनी पनि गफाडिहरुको भिडमा दर्ता हुनेछन् । यदि कथा साँच्चिकै नयाँ हो भने उनको क्रियशनलाई सम्मान पनि गर्नुपर्छ । सकेसम्म चोरीको आरोप नलागोस् र दर्शकलाई निराश नबनाओस् चलचित्र ‘आई एम सरी’ ले । अन्यथा उनै लेखक भारद्वाजले पनि निर्माता निर्देशकसंगै फेरी माफि माग्दै भन्नुपर्नेछ, ‘आई एम सरी’ ।