
शहिद दिवसको अवसर पारेर आज सोमबार साँझ राजधानीमा चलचित्र 'प्लान' को च्यारिटी शो गरिंदै छ । राजधानीको कुमारी सिनेमा घरमा बेलुका ६ बजे हुने सो च्यारिटी शो सेवा सदन बृदाश्रमको सहयोगार्थ हुनेछ ।
यसअघि पनि थुप्रै पटक बृदाश्रम तथा जनआन्दोलनका घाईतेहरूलाई सहयोग गर्दै आएकी निर्माता कविता श्रेष्ठले तिनकुनेमा रहेको सो सेवा सदन बृदाश्रमलाई च्यारिटीबाट उठेको केहि प्रतिशत रकम प्रदान गर्ने बताईन् । उनले आज हुने च्यारिटीसँगै कविताले राजधानीमा अन्य ४/५ ठाँउमा पनि शो गर्ने बताईन् ।
शोभित बस्नेतले निर्देशन गरेको चलचित्र 'प्लान' को सार्वजनिक प्रदर्शन भने अझै टुंगो लागेको छैन । पहिला च्यारीटी शो गर्ने र उचित समय आएपछि रिलिज गर्ने कविताको योजना छ । उनको योजना बिदेशमा पनि शो गर्ने रहेको छ । जसअनुरूप छिट्टै नै थाईल्याण्ड, युके लगायतका देशमा चलचित्र प्रदर्शन हुँदैछ ।
चलचित्र 'वरदान' मार्फत निर्माताको पगरी गुथेकी कविताले छिट्टै नै अर्को चलचित्र निर्माण गर्ने समेत बताईन् । जसका लागी उनी राम्रो कथा लेख्न सक्ने स्क्रिप्ट राईटर र सो स्क्रिप्टलाई न्याय गर्न सक्ने निर्देशकको खोजीमा छिन् । फिल्मीखबरसँग कुरा गर्दै कविताले भनिन्, 'दुई वटा चलचित्र निर्माण गरेर धेरै कुरा सिकें अब नयाँ जोश र सोच भएका युवाहरूसँग काम गर्ने सोचमा छु ।'