मिति : २०८२ ज्येष्ठ २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखाको पर्खाईमा भट्टराई

सुमन वाग्ले, काठमाण्डौ, 2012/01/30

टेलिचलचित्र निर्देशनको अनुभव पछि चलचित्र निर्देशनमा हात हाल्ने थुप्रै निर्देशकहरु छन् जसमध्ये निर्देशक श्याम भट्टराई एक हुन् । टेलिचलचित्रमा सिकेको अनुभवलाई उनले चलचित्रमा उपयोग गरि चलचित्र मर्यादा, मौसम जस्ता चलचित्रहरु निर्देशन गरि राम्रै अनुभव बटुलेका श्यामले ज्ञानलाई अझ बृहत रुप दिदै चलचित्र च्यालेन्ज पनि निर्देशन गरे ।

 

प्राविधिक रुपमा सशक्त र बिग बजेट अनुमान गरिएको चलचित्र नेपालमा प्रदर्शनको  क्रममा छ ।  चलचित्रको निर्देशनको यात्रा गर्ने क्रममा हाल उनि चलचित्र लंकाको निर्माण तथा निर्देशन गरिहेका छन् । अहिले  चलचित्र लंकाको ९० प्रतिशत छायाँकन सकिएको छ तर चलचित्रकी लिड कलाकार रेखा थापाले चलचित्रका लागि समय नदिएको कारणले गर्दा उनि निकै नै तनावमा छन् ।

 

नायिका रेखा थापा मुम्वईमा आयोजना गरिएको सास्कृतिक कार्यक्रमा  नै अहिले व्यस्त छिन् । नायिका थापा मुम्वईबाट नेपाल आउन ढिला गरेकोले चलचित्रको छायाँकन हुन नसकेका दुखेसो  निर्देशक भट्टाराईले फिल्मीखवरलाई पोखे ।  केहि समय पहिले भट्टराईले सो  चलचित्रको अधिकाश छायाँकन आफ्नै गृह जिल्लामा गरेर केहि अगाडि मात्रै काठमाडौ आएका थिए ।

 

चलचित्र लंकाको एउटा गीत मात्रै छायाँकन गर्न बाकी रहेकाले रेखा थापाले समय दिने बित्तिकै चलचित्रको सम्पूर्ण छायाँकन सकिने श्यामले बताए । चलचित्र लंका पुर्ण रुपले व्यवसायिक चलचित्र भएको समेत उनले बताए । सत्ययुगको एक राज्य लंकालाइ हनुमानले जलाएर  ईतिहास रचे पनि  भट्टराईले निर्देशन गरेको कलियुगको व्यवसायिक चलचित्र लंकाले कस्तो इतिहास रच्ने हो त्यो भने हेर्न बाकी नै छ ।