मिति : २०८२ ज्येष्ठ २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन राखिएन 'लूट' ?

फिल्मीखबर, काठमाण्डौ, 2012/01/29

अहिले चौतर्फी तारिफ पाईरहेको र व्यापार पनि सोचे भन्दा राम्रो भईरहेको चलचित्र 'लूट' को पोस्टर सुन्धारा स्थित क्यू एफएक्स सेन्ट्रोल हलमा नराखिंदा सो हलमाथी प्रश्न चिन्ह खडा भएको छ ।
 

हुनत नेपाली चलचित्र भन्दा बढि हिन्दी र अंग्रेजी चलचित्र चल्ने उक्त हलमा लूटको व्यापारबाट सन्तुष्ट हुने अवस्था छ तर पनि तीन सातासम्म दर्शकको ओईरो लागेको सो हलको अग्रभागमा 'लूट' को पोस्टर एकदिन पनि नराखिंदा प्रश्न उठ्नु स्वाभाविक नै हो । 'लूट' रिलिज भएका दिन देखि एक दिन पनि हलको अग्रभागमा सो चलचित्रको पोस्टर देख्न पाईएन । यदि पोस्टर राखेको भए अझै दर्शक आउन सक्थेकी भन्ने हाम्रो मान्यता हो ।

 

फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार अहिले पनि 'लूट' ले मल्टिप्लेक्सहरूमा धूम मच्चाई रहेको छ । शुक्रबार रिलिज भएका तीन चलचित्रको कलेक्सन भन्दा धेरै माथि  'लूट' ले कलेक्सन गरेको  हल सञ्चालक बताउँछन् ।