मिति : २०८२ ज्येष्ठ २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निरकसँग टाँसिने युवती को होलिन् ?

सुमन वाग्ले, काठमाण्डौ, 2012/01/29

प्राय नेपाली चलचित्र क्षेत्रमा क्रियाशिल चलचित्रकर्मीहरुको पारिवारिक सम्बन्ध, प्रेम प्रसङ्ग लामो समय सम्म टिक्न नसकेको अवस्था  छ । तैपनि  विवाहित चलचित्रकर्मीले  सम्बन्ध विच्छेद गरेर अर्कै बर वा बधु रोजेको र केहिले त एकल बिताइरहका पनि छन् । पति पत्निको सम्वन्ध आएको चिसोपन  कारण जे-जस्तो भए पनि हाम्रा चलचिकर्मीहरुको पारिवारिक सम्वन्ध लामो समय टिक्न नसक्नु दुखद प्रसङ्ग हो ।

 

नायिका सुष्मा कार्की र  निर्देशक सुर्दशन थापा बिचको मायाको डोरी पनि विवाह सम्म  तन्कन नसक्नु त  पछिल्लो उदाहरण मात्रै हो । केहि समय पहिले नायिका निशा अधिकारी र नव निर्देशक निरक पौडेल विचको सम्वन्ध निकै गाढा थियो । त्यति बेलाको समय नायिका निशा फिल्मसँगै टेलिभिजनमा व्यस्त थिईन् भने निरक पनि पारिवारिक सहयोगबाट चलचित्रको निर्देशनको रहरलाई निष्कर्षमा पुर्‍याउन चाहन्थे । दुबैको कार्यक्षेत्र एउटै हुनु अनि निशालाई राम्रो साथीको साथ मिल्नुले पनि यि दुईको सम्बन्धमा निखारता आउँदै गएको थियो ।


यी दुई नयाँ जोश र जाँगरका साथ चलचित्र क्षेत्रमा आफ्नो भविष्य सुनिश्चित बनाउन दौड धुपमा नै ब्यस्त देखिन्थे । निरक गोपीकृष्ण मूभिजमा भएकाले निशाको आउत जाउत पनि बाक्लै भयो । अन्तत: समय दौडान सगै यी दुई प्रेम प्रसङ्ग पनि लामो समयसम्म टिक्न सकेन । नायिका निशा चलचित्रको अध्ययन लागि भनेर अमेरिका उडिन त्यसपछि यी दुइ सम्वन्धमा झन चिसोपन छिर्यो  । निशालाई अमेरिका उडाउन निरकले सम्पुर्ण व्यस्था समेत मिलाएका थिए तैपनि यी  दुई प्रेममा पुर्ण विराम लाग्यो ।

 

अमेरिकाबाट फर्की सकेकी निशा स्नो फ्लावर्स र मिसन पैसा २ मा कम गरिन् भने उता निरक भने निशासँगको ब्रेकअप पश्चात  पनि आफ्नो फेसबुकको प्रोफाइलमा एक युवतीसग फोटो राखेका छन् । अनिशा थापा भन्ने नामको हल्ला चलिरहे पनि यी युवती को हुन्, उनि कुन क्षेत्रसग आवद्ध छिन् त्यसको बारेमा उनले फेसबुकमा कुनै जानकारी राखेका छैन । जब देखि उनको त्यो प्रोफाईल तस्विरमा युवतीसँग टाँसिएको तस्विर देखिन थाल्यो तब देखि रजतपटमा उनका बारेमा हल्ला चल्न थालेका छन् । हल्ला जे जस्तो चले पनि निरकले पुरानो घाउ मेट्न खोजेको अनुमान धेरैको छ ।