मिति : २०८२ ज्येष्ठ १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियिमरसंगै परिचयको दौड

फिल्मीखबर, काठमाण्डौ, 2012/01/27

मुम्बई हानिए पश्चात परिचय मार्फत नेपाली सिनेमामा कमब्याक भएका अभिनेता निखिल उप्रेती अभिनित चलचित्र परिचय शुक्रबारदेखि देशभरका सिनेमा घरमा लाग्दैछ ।

 

भारतीय निर्देशक आकाश पाण्डेद्धारा निर्देशित तथा उतैका निर्माता संजय नरेन्द्र निर्मित सो सिनेमामा भारतकै अभिनेत्री मोनिका बेदीले मुख्य भूमिका निवार्ह गरेकी छिन् । तर निखिल र मोनिकाको उपस्थितिमा भब्य प्रिमियर गर्ने योजना बनाएको परिचय यूनिटले हिरो हिरोईनलाई उपस्थित गराउन नसक्दा प्रिमियरको माहोल निकै साधारण बन्यो ।

 

काठमाण्डौको हिरारत्न सिनेमा घरमा आयोजित प्रिमियर शोमा मोनिका र निखिल बाहेक सिनेमा क्षेत्रका सिमित चलचित्रकर्मीको मात्र उपस्थिति थियो । अचानक आयोजना गरिएको प्रिमियरको निम्तो वितरक समेत रहेका सुनिल मानन्धरले अन्तिम समयमा थाहा पाउदा उनी पनि प्रिमियरको बिषयमा असन्तुष्ट रहे ।

 

करिब ९५ प्रतिशत छायांकन पोखरामा नै गरिएको उक्त चलचित्रमा मोनिका बेदी र निखिल उप्रेतीका अलावा सुशील क्षेत्री, नागेन्द्र रिजाल नबीन श्रेष्ठ, रस्मी भट्ट, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ । पारिवारिक कथाबस्तुमा आधारित रहेर निर्माण गरिएको उक्त चलचित्रमा शिब ढकालको छायांकन, शेखर सन्तोषको सङ्गीत, राजकुमार उप्रेतीको द्वन्द, शिव बिक र गोविन्द राईको नृत्य रहेको छ ।

 

 

दुई चलचित्र पनि आजैबाट प्रदर्शनमा

आजै शुक्रबारबाट अन्य दुई चलचित्र 'बिजयपथ' र 'सलाम छ मायालाई' पनि प्रदर्शनमा आएका छन् । बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र 'बिजयपथ' मा निखिल उप्रेती, संचिता लुइँटेल, सुशिल क्षेत्री, पवित्रा आचार्य, मिथिला शर्मा लगायतले अभिनय गरेका छन् । यसैगरी दिपक खाँडले निर्देशन गरेको चलचित्र 'सलाम छ मायालाई' भने राजधानीका मात्र रिलिज हुनेछ । केहि बर्ष अघि मोफसलमा रिलिज भएको सो चलचित्रमा विराज भट्ट, गरिमा पन्त, कृष्ण भट्ट  र रञ्जना शर्माले अभिनय गरेका छन् ।