Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नरेशको फिल्मको नाम 'स्विट ड्रिम्स'

फिल्मीखबर, काठमाण्डौ, 2012/01/17

उपयूक्त नाम नपाएको भन्दै छटपटिरहेका निर्देशक नरेश पौडेलले पोखरा पुगेर आफ्नो नयाँ प्रोजेक्टको नाम जुराएका छन् ।

 

नेपाली समाजका तीन आधुनिक महिलाहरूको कथालाई मौनता श्रेष्ठले स्क्रिप्टमा उतारेपछी नरेश एक महिना यता फिल्मको उपयूक्त नाम जुराउने तयारीमा थिए तर फिल्मका लागि सवै कुरा रेडी हुदा पनि उनले नाम जुराउन सकेका थिएनन् सायद आफ्नी लेखक समेत रहेकी हिरोईन अरूणिमा लम्सालको साथ नपाएर होला  ।

 
जाडोमा फेवतालको एक क्याफेमा कफीको चुइष्की लिदै नरेशले फोनमा भने, 'पोखरा आएपछी पो नाम भेटियो । मेरो फिल्मको नाम 'स्विट ड्रिम्स' फाईनल भो ।' टाईटल अनुसार फिल्मका मुख्य तीन महिला पात्रले भबिष्यका मिठा मिठा सपना देख्नेछन् नरेशले तीन नयाँ नायिकाहरूलाई  'स्विट ड्रिम्स'  बाट डेब्यू गराउदैछन् । दश बर्षको  संगतमा अरूणिमासंग उनको असन्तुष्टी बढे पछी पछिल्लो समय नरेशले अरूणिमा संगको च्याप्टर क्लोज गरिसकेका छन् । 
 

सम्भवत नरेशको प्रोजेक्टमा अब अरूणिमा दोहोरिने छैनन् । अरूणिमासंग उनको असन्तुष्टी के कारणले भयो त्यो भने यकिन छैन  तर अरूणिमाको बिषयमा कुरा गर्दा उनी मिडियाबाट आएका कुरालाई अन्त टार्न खोज्छन्
 
फागुनको पहिलो सातादेखि पोखराका फ्रेस लोकेशनमा सिनेमा सुटिङ गर्ने तयारी अनुरूप एक साता यता उनी लोकेशन हन्टिङ गर्दै फेवाताल नगरी  डुलिरहेका छन् ।