मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

गोपाल भुटानी फाउन्डेसनका बिषयमा राजेन्द्र र योगेन्द्र बीच हात हालाहाल

अनुप भट्टराई, काठमाण्डौ, 2012/01/12

गोपाल भुटानी फाउन्डेसन खोल्ने बिषयमा विवाद बढेपछी दुई फाईट मास्टर राजेन्द्र खड्गी र योगेन्द्र श्रेष्ठ बीच हात हालाहाल भएको छ । फिल्मीखबरलाई प्राप्त खबर अनुसार बुधबार अपरान्ह बागबजार स्थित सिनेजोन स्टूडियोमा संगै भेटिदा राजेन्द्रले फाउन्डेसनका बिषयमा असन्तुष्ट ब्यक्त गरेपछी योगेन्द्रसंग उनको हात हालाहाल भएको हो ।

 

खबर अनुसार  खड्गीले  भुटानीलाई दागबत्ती दिएको अधिकारलाई प्रसंग बनाउदै उनले फाउन्डेसनका बिषयमा आफूलाई र सम्बन्धीत द्धन्द कलाकार संघका अन्य सदस्यलाई खबर नगरी यस्तो निर्णय गर्ने अधिकार कसैलाई नभएको भन्दै असन्तुष्टी जनाएपछी योगेन्द्र र उनको भनाभन हुदै हात हालाहाल भएको हो । विवाद झगडामा परिणत भएपछी त्यहाँ रहेका रोज राणा, शोभित बस्नेत लगायतका केही चलचित्रकर्मीले उनीहरूलाई छुट्याएका थिए ।


द्धन्द कलाकार संघका अध्यक्षको हैसियतमा योगेन्द्रले अभिनेता सुनिल थापाको संयोजकत्वमा फाउन्डेसन खोल्नका निम्ति दतर्थ समिति समेत गठन गर्दै  फाउन्डेसनको बिषयमा शुक्रबारका लागि प्रेस मिटको तयारी समेत पूरा गरिसकेको थिए तर बिषयले विवादको रूप लिएपछी शुक्रबारको कार्यक्रम पनि स्थगित गरिएको छ । खड्गीले भुटानी जिवित छँदा सुनिल थापाले वास्ता नगरेको तर मृत्यु पश्चात कुन आधारले फाउन्डेसन खोल्न चासो देखाएको भन्दै योगन्द्रसंग आपत्ती जनाएपछी विवाद निक्लिएको हो ।

 

झगडाको बिषयमा कुरा गर्दा योगेन्द्रले, 'भने गोपाल भुटानी कुनै एक ब्यक्तिको नभई समग्र चलचित्रकर्मीको ईज्जत हो  ।  त्यसैले द्धन्द पिता भएका नाताले हामीले उहाँको सम्मन गर्ने उद्देश्यले फाउन्डेसन खोल्न लागेका थियौ तर यो बिषयमा हस्तक्षेप हुनु आपत्ती जनक छ । किन कि गुरूवा (गोपाल भुटानी) कुनै ब्यक्तिको हैन ।' यस्तै फिल्मीखबरको कुराकानीमा राजेन्द्रले आफूलाई जानकारी बेगर एक्कासी कार्यक्रममा उपस्थित हुने निम्तो दिएकाले फाउन्डेसनका बिषयमा असन्तुष्ट ब्यक्त गरेको प्रतिक्रिया दिए । उनले भने, 'गुरूवालाई सम्मान गर्दै फाउन्डेसन खोल्नु नराम्रो हैन तर यति ठूलो रकममा खोलिन लागेको ट्रष्टको बिषयमा म लगायत अन्य फाईट मास्टरहरूलाई जानकारी नदिई यो कार्यक्रमलाई अगाडी बढाईनु आपत्ती जनक हो ।'

 

खड्गीले फाउन्डेसन खोल्ने बिषयमा योगेन्द्र श्रेष्ठले अध्यक्षको नाताले कार्यसमितका सदस्यलाई खबर नगरी एक्कासी कार्यक्रमको निम्तो दिनु गल्ती भएको भन्दै सम्भवत उनलाई अध्यक्ष पदबाट निकाल्ने समेत बताए । फाउन्डेसनका बिषयमा विवाद बढेपछी द्धन्द संघको अनौपचारिक बैठक आज बिहान बसेको थियो । आजको बैठकमा निस्किएका कुरालाई भोली बिहान बस्ने अर्को बैठकले ठोस निर्णय गर्ने  खड्गीले बताए । उनले भने, 'सम्भवत भोलिको बैठकबाट अध्यक्ष  (योगेन्द्र श्रेष्ठ) लाई निस्कास्ति गरिन्छ होला ।'