
सस्पेन्स, थ्रिलर तथा एक्सनको साथमा त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर निर्माण गरिएको चलचित्र 'ब्ल्याक मेल' को फस्ट लुक पोष्टरलाई फिल्मीखबरले सार्वजनिक गरेको छ ।
हाल राजधानीको बागबजार स्थित सिने जोन स्टुडियोमा सम्पादन कार्य भईरहेको सो चलचित्रको सार्वजनिक फस्ट लुकपोष्टरमा नायक सुमन सिंह र जीवन लुईटेलको साथमा नायिका स्वेता भट्टराईको तस्विर राखिएको छ । चलचित्रको शिर्षक अनुरूप पोस्टर ब्ल्याक एण्ड ह्वाईट थिममा बनाईएको छ । साथीभाई, आफन्त, परिवार र प्रेमीप्रेमिकासँग हुने व्ल्याक मेललाई चलचित्रको मुख्य कथा बनाईएको निर्देशक मधुसुदन भट्टराई बताउँछन् ।
शरद अधिकारीले निर्माण गरेको उक्त चलचित्रको कथा शिबम अधिकारीले लेखेका हुन् । चलचित्रमा अर्जुन पोखरेल र बिपिन आचार्यको संगीत, शिब ढकालको छायाँकन, योगेन्द्र श्रेष्ठको द्वन्द तथा प्रदिप श्रेष्ठको करियोग्राफी रहेको छ । चलचित्र २०६९ सालको शुरूवातमा रिलिज गर्ने बताईएको छ ।