मिति : २०८२ वैशाख ३१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भूतले खाजा खाईसकेकै हो त भुवन ?

काठमाण्डौ, फिल्मीखबर, 2012/01/06

राम्रा फिल्महरु पनि नचलेको प्रसंगलाई एभरग्रिन नायक भुवन  केसीले केही समय अघिको बसाईमा भन्दै थिए, 'यो भूतले खाजा खाना बेला हो त्यसैले जति राम्रो फिल्म चलाए पनि  सवै भूतले खाईदिन्छ । '

बक्स अफिसमा निरन्तर सफल फिल्म दिईरहेका भुवनले सोही प्रसंगलाई जोड्दै आफूले 'साथी म तिम्रो' चलाउन हतार नगरेको भन्दै भूत सुतेपछी फिल्म चलाउने भनेका थिए । नभन्दै उनले भनेको भूत सुतेजस्तै छ ।  किनकी फागुनको १९ गते भूत मस्त निद्रामा परेको बेला उनले 'साथी म तिम्रो' बाट अपेक्षित सफलता पाउने विश्वास गरेका छन् ।

 

अन्य समय विन्दास देखिने भुवन आजकाल  फेसबुकबाट घण्टौ सिनेमा  पब्लिसिटी पनि गरिरहेका छन् । डिभोर्स गर्ल सुस्मिता बम्बजनले पनि फेसबुकबाट उनलाई अप्रत्यक्ष प्रोमोशनमा साथ दिईरहेकी छिन् । चर्चित टेलिसिरिएलबाट पनि सिनेमा पब्लिसिटी कन्सेप्ट सोचिरहेका उनी केही साता टेलिभिजन मार्फत दर्शकको दैलोमा पुग्दै छन् ।

सम्भवतः सिनेमा पब्लिसिटीको माध्यममले भूवन र सुस्मिताको चिसिएको सम्बन्ध सुध्रिन सक्ने आश पनि गरिएको छ । कारण  जेठी श्रीमती तिरकी छोरी काजोलको बिहे पछी उनका गतिबिधिबाट अनुमान लागउन सकिन्छ भुवन अब ब्यबहारिक भैसकेका छन् । साथी म तिम्रो डेढ बर्षे पालो पर्खाई पछी रिलिज हुन लागेको हो जसलाई भूवनले भुत सुतेको टाईम भनेर संज्ञा दिएका छन् । 

 

हेरौ भूवनको अनुमानको भूत कहिले सम्म सुत्ने हो र यो मौकामा कुन-कुन फिल्मले राम्रो बिजनेस गर्ने हुन् । आशा गरौं भुवनले भनेको भूत कहिले नउठ्ने गरी सुतोस् ।