
राजधानीका सिनेमा घरहरूमा शुक्रबारबाट दुई चलचित्र प्रदर्शनमा आएका छन् । प्रदर्शनमा आएका दुई चलचित्र मध्ये 'हत्याकाण्ड' सस्पेन्स थ्रीलमा आधारित छ भने अर्को 'दिवानापन' प्रेमकथामा आधारित छ ।
राजु गिरीले निर्देशन गरेको 'हत्याकाण्ड' गत साता मोफसलका हलमा प्रदर्शन भईसकेको सिनेमा हो भने कृष्ण चापागाईंले निर्देशन गरेको 'दिवानापन' करिब दुई बर्ष अघि राजधानी बाहिर रिलिज भईसकेको सिनेमा हो । हत्याकाण्डले एउटा निर्दोष व्यक्तिले भोग्नु परेको सजायलाई मुख्य कथाको रूपमा उठान गरेको छ । यता दिवानापनले एकअर्का विना बाँच्न नसक्ने दुई प्रेमीको कथालाई उठान गरेको छ ।
सारिका घिमिरेले निर्माण गरेको हत्याकाण्डमा सुवास मेचे, सञ्चिता गुरूङ, पवन बस्नेत, राजु गिरी, एलिजा रिजाल, सारिका घिमिरे लगायतले अभिनय गरेका छन् भने दिपानापनमा अरूणिमा लम्साल र राजबल्लभ कोईरालाले मुख्य भुमिका निर्वाह गरेका छन् । दिवानापनलाई संजय कुटुले निर्माण गरेका हुन् ।