
'मेरो बेष्टफ्रेण्ड' को इडिटिङ कक्षबाट बाहिरिएर बुधबार बेलुकी साढे सात बजे घर सितापाईला पुग्ने बेलामा मोटरसाईकल दुर्घटनामा परी निर्देशक प्रशन्न पौडेल घाइते भएका छन् ।
'घर पुग्ने बेलामा भिजेको रातो माटोमा बाईक चिप्लयो अनि यस्तो भयो', लिगामेन्ट च्यातिएर ब्याण्डेज बाधेका प्रशन्नले घटनाको बारेमा जानकारी गराए । 'बेलुकी अलिअलि दुखेको थियो तर बिहान अत्याधिक दुखेपछी हस्पिटल गएँ अनि चेकअप गरें । धन्न प्लासटर चाहि लगाउनु परेन', उनले भने ।
प्लाष्टर नग रेपनि तीन सातासम्म उनको हात पूर्व अवस्थामा आउने छैन । बाईकबाट चिप्लिएर लड्दा उनको दायाँ हातमा असर परेको छ । चिसोले हात दुखेपनि कामलाई स्टप नगर्ने उनले बताए । स्वर पछी उनले निर्देशन गरेको दोस्रो चलचित्र 'मेरो बेष्टफ्रेण्ड' प्रोष्ट प्रोडक्सनको अन्तिम चरणमा छ ।
सम्भावत आउदो दुई महिना भित्र उक्त फिल्म रिलिज हुने छ । चलचित्रमा रेश मरहठ्ठाको साथमा प्रियंका कार्कीले हिरोईनको रूपमा डेब्यू गरेकी छिन् भने दिवस उप्रेती पनि लिड रोलमा छन् । 'मेरो बेष्टफ्रेण्ड' तीन साथीको कथामा घुमेको सिनेमा हो । जहाँ प्रेमका कुरा धेरै रहेको बताईएको छ ।