अघिल्लो दिन नै सवै खबर पाए पनि चलचित्र बिकास बोर्डका अध्यक्ष गणेश भण्डारीले नवनियूक्त दुई सदस्यलाई बिहिबार स्वागत गरेनन् ।
आफ्नो नेतृत्वमा आएका तीन सदस्य विजय बस्नेत, मौसमी मल्ल र उदय सुब्बालाई सञ्चारमन्त्री जेपी गुप्ताले हटाउदै विकास आचार्य र राम मण्डल (रामा) लाई सदस्यमा नियूक्त गरेपछी भण्डारीले मन्त्रीको कदम प्रति असन्तुष्टी जनाउदै उनीहरूलाई स्वागत गर्न कार्यालय नपुगेका हुन् ।
बुधबार देखि चलेको बन्दको खबरले उनी कार्यालय उपस्थित हुन नसकेको भन्ने खबर बाहिर आएपनि राजधानीमा बन्दको प्रभाव थिएन । अध्यक्षले स्वागत नगरेपछी आचार्य र मण्डललाई बिकास बोर्डका कर्मचारीहरूले खादा लगाएर स्वागत गरेका थिए । दिउँसो ठीक दुई बजे बोर्ड पुगेका उनीहरूलाई बोर्डको काम कारबाही र भावी योजनाको बारेमा कर्मचारीले आफ्नो परिचय सहित ब्रिफिङ गरेका थिए ।
'विशेषत बिकास बोर्डको ऐन कार्यान्वयन गर्दै बोर्ड स्वायत्तता भए सवैको हित हुने थियो र तपाईहरूको पनि नाम सुनौलो अ
क्षरले भबिष्यमा लेखिने
थियो', एक कर्मचारीले ब्रिफिङ गर्दा सदस्य आचार्यले भने, 'बोर्ड स्थापना देखिको ड्राफ्ट तयार गर्दा म पनि अप्रत्यक्ष रूपमा संग्लन थिएँ
। त्यसैले यो ऐन
कार्यान्वयनको बिषयमा मेरो पनि हार्दिक इच्छा छ । ढुक्क हुनुस मेरो कार्यकालमा यो बिषयमा तपाईहरूलाइ निरास पार्ने छैन ।'

बिकास बोर्ड स्वायत्ताको लागि ऐन अर्थ मन्त्रालयमा गएर थन्किएको बताईएको छ । नवनियूक्त सदस्य द्धयले बोर्डको सम्पूर्ण कक्ष अबलोकन गरेका थिए । आचार्य विगत २५ बर्षदेखि नेपाली सिनेमा क्षेत्रमा सक्रिय छन् र पछिल्लो समय उनीले स्क्रिप्ट राईटर हुदै निर्देशकको समेत परिचय बनाएका छन् ।
गत बर्ष ब्यापक चर्चा पाएको चलचित्र 'नाइ नभन्नु ल' का निर्देशक उनी नै हुन् । यस्तै रामा मण्डल गायक हुन् जो विगत दुई दशक देखि सिनेमाको गायन क्षेत्रमा कार्यरत छन् । करिब एक सय चलचित्रमा गीत गाईसकेका उनले उनले टूहुरो चलचित्रमा गाएको गीत 'यो केटीको ठीक छैन चाला जवानी मै सुकेछ गाला' अझै पनि लोकप्रिय छ ।