मिति : २०८२ आषाढ १, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेसबुकको तेर्‍ह दिने रेकर्ड

फिल्मीखबर, काठमाण्डौ, 2012/01/04

सुटिङका लागि निकै पुरानो स्टुडियोको रूपमा बालाजुको चलचित्र विकास कम्पनी चिनिन्छ । पहिला सरकारको मातहतमा रहेपनि हाल प्राईभेट कम्पनीको रूपमा रहेको सो स्टुडियोमा चलचित्र 'फेसबुक' ले सुटिङको नयाँ रेकर्डनै राखेको छ ।

 

गत पौष ६ गते सुटिङका लागि उक्त स्टुडियो छिरेको फेसबुक युनिटले हिजो मंगलबार राती अबेरसम्म सुटिङ गरेर १३ दिनका दिन स्टुडियो छोड्यो । चलचित्रका निर्माता सुनिल कुमार थापाका अनुसार लगातार रूपमा १३ दिनसम्म बालाजु स्टुडियोमा सुटिङ गर्ने पहिलो चलचित्र 'फेसबुक' नै हो । स्टुडियोमा सेट तयार गर्न नै एक साता लागेको बताउँदै निर्माता थापाले भने, 'करिब दुई लाखको प्रोपटी खर्च गरेर सेट तयार गरियो र स्टुडियो चार्ज एक लाख अर्सठ्ठी हजार तिरियो ।'
 

सेटका लागि गरिएको यो खर्च भने अन्य चलचित्रको तुलनामा धेरै हैन  किनकी यस अघि सोही स्टुडियोमा लगातार ९ दिन सुटिङ गरिएको चलचित्र 'आई एम सरी' का निर्माता हरि महतले सेटकै लागि करिब सात लाख खर्च गरेको बताईएको छ । उक्त चलचित्रको सेट जो कोही निर्माताले लगाउन आँट समेत नगर्ने दुबै चलचित्रका प्रोडक्सन डिजाईनर गणेश सापकोटाको भनाई छ ।
 

यता चलचित्रका निर्देशक सुरज सुब्बाले चलचित्रको मुख्य पार्ट नै स्टुडियो भित्रको सिन रहेको बताउँदै लोडसेडिङका कारण १३ दिनसम्म सुटिङ गर्नुपरेको बताए । उनले भने, 'लोडसेडिङ नभएको भए अलि छिटो सकिन्थ्यो होला ।' एकातिर लोडसेडिङको मार अर्को तिर डिजेलको संकटले गर्दा जेनेटर चलाउन नपाउँदाको मारले गर्दा सुटिङ डे लम्बिन पुगेको सुब्बाले बताए ।

 

हाल निकै लोकप्रिय बनेको सामाजिक संजाल फेसबुक कै कारणले समाजमा पारेको सकारात्मक र नकारात्मक कुरालाई चलचित्र मार्फत प्रस्तुत गर्न लागिएको हो । चलचित्रमा राजेश हमाल झरना थापा, स्वतन्त्रप्रताप शाह, सुनिल थापा, सुवास थापा, अनुराग मान सिंह कुवँर, विल्सनविक्रम राई, सुमन गैरे, मटिन खान, अभिमन्यू केसी 'केडी', राजकुमार बिष्ट, धिरेन्द्र चन्द लगायतले अभिनय गरिरहेका छन् । चलचित्रमा सुनिल बर्देवाको संगीत, संजय लामाको छायाँकन, रोशन श्रेष्ठको द्वन्द, कविराज गहतराजको करियोग्राफी रहेको छ ।

Most Visited News (monthly)