
नेपालमा रहेकाहरुले भन्दा पनि छिटो अव विदेशमा वस्नेहरुले नेपाली फिल्म हेर्न पाउन थालेका छन् । यसै क्रममा पुष २९ गते नेपालमा रिलीज हुन थालेको चलचित्र 'बजार' भने मलेसियामा प्रदर्शन भएको छ ।
नेपाली सिनेमा उधोगलाई विदेश सम्म पुर्याउन सकियोस् भन्नको लागि पहिलो पटक मलेसियामा प्रर्दशन गरिएको नायक अर्जुन कार्कीले फिल्मीखबरलाई बताए । मार्सल फिल्म्सको प्रस्तुतिमा मधु कुमार श्रेष्ठ निर्माता रहेको चलचित्र 'बजार' लाई एनबी महर्जनले निर्देशन गरेका हुन् । चलचित्रमा राजेश हमाल, अर्जुन कार्की, अरुणिमा लम्साल, दिनेश डिसि, जयकिशन वस्नेत, हेमन्त वुढाथोकि, सुसिल पोख्रेल, नागेन्द्र रिजाल लगायतको अभिनय रहेको छ ।
ब्रजेश खनालको कथा, एनबी महर्जनको द्धन्द रहेको चलचित्रमा वसन्त खड्काले संगित दिएका छन् । चलचित्रमा युवाहरुलाई यो समाजले कसरी डन वनाएको र डनको अत्य कसरी हुन्छ भन्नुका साथै नेपाली राजनितिको अवस्थामा र राजनितिले युवालाई पारेको असरको जानकारी गराईएको छ । नेपालमा राम्रा र नराम्रा दुवै खाले प्रहरीहरु छन् भन्ने पनि चलचित्रमा देखाईएको छ । आफुले काम सम्हालेकै दिन पत्रकार सम्मेलनको आयोजना गरेर राजनिति र पैसाको लोभमा परेर कुनै पनि काम नगर्ने बचन दिएका रमेश खरेलको भुमिकामा राजेश हमाललाई प्रस्तुत भएका छन् ।
करीव ९० लाखको लागतमा तयार भएको चलचित्र वजारलाई मलेसियाको अलावा दुवई, कतार, हङकङमा पनि छिटटै नै प्रर्दशन गरिने नायक अर्जुन कार्किले बताए । चलचित्रको छायांकन काठमाण्डौ र माथिल्लो मुस्ताङमा गरिएको छ ।