मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माता महत विरुद्ध मतिनले हाले उजुरी

फिल्मीखबर, काठमाण्डौ, 2011/12/27

दुई महिनाका लागि एग्रीमेन्ट गरेको कस्टयूम अठार महिना वितिसक्दा पनि नपाएपछी कस्टूयूम डिजाईनर मतिन खानले चलचित्र आईएम सरीको प्रोड्यूसर हरि महत विरुद्ध चलचित्र निर्माता संघमा उजुरी दर्ता गरेका छन् ।

मतिनले कष्ट्यूम फिर्ता र सोसंग सम्बन्धीत पारिश्रमिक नपाएको बिषयमा निर्माता  संघमा प्रोड्यूसर महत विरुद्ध उजुरी दर्ता गरेका हु
न् । उनले ३ लाख २० हजार क्षतिपूर्ति भरपाई गरिपाउ भन्दै संघमा उजुरी दर्ता गरेका छन् । मतिनले भने, 'साथीभाईका नाताले साढे दुई लाख बराबरको कष्टूयूम डिजाईन चार्ज र १ लाख २५ हजारमा एग्रीमेन्ट गरें तर १८ महिना सम्म पनि मैले लुगा र पारिश्रमिक पाएको छैन ।' पिडित मुद्रामा देखिएका मतिनले थपे, 'त्यसैले अझै पनि मानवताको नाताले मैले एग्रीमेन्ट अनुरुपकै कष्टूयूम चार्ज र आफ्नो ज्यालादावी गरेको हुँ । नभए कानुनत लड्ने हो भने मैले करिब १२ लाख पाउनु पर्छ तर ज्याला मात्र लिने सोच अनुरुप त्यती पैसा दावी गरेको हुँ ।' 

 

मतिनले चलचित्र सौर्यबाट समेत कष्ट्यूम चार्ज १ लाख ८० हजार नपाएको दावी सहित निर्माता करण मालाकार विरुद्ध बुधबार सम्ममा उजुरी हाल्ने बताए । यस्तै पारिश्रमिक र कष्ट्यूम फिर्ताको सम्बन्धमा निर्माता हरी महतले अभद्र ढङ्गमा आफूलाई कार्यालय आएर कष्ट्यूम लग्न भनेको जानकारी गराउदै  महतको भनाइ प्रति आपत्ती जनाउदै मतिनले भने, 'कष्ट्यूम चाहिने बेलामा उहाँलाई मेरो पसल सधै आउनु पर्थो तर अहिले उहाँले मलाई फिर्ता गर्नुको साटो आफै लिन आउ भन्नु गैर ईमान्दिारिताको परकाष्ठा हो ।'  

 

मतिनले आएम सरीका निर्देशक दिनेश राउत र अर्को निर्देशक सुदर्शन थापाको सिफारिसमा महतलाई कष्ट्यूम दिएका थिए । मतिनले आफ्नो ज्याला १ लाख २५ हजारबाट ५० हजार पाए पनि बाकी ७५ हजार नपाएको र कष्ट्यूमको लागत सहित ३ लाख २० हजारको दावी गरेका हुन् ।   उजुरीको बिषयमा  फिल्मीखबर हरि महतको   सम्पर्कमा पुग्न सकेको छैन ।

 

यस्तै पछिल्लो समय निर्माता संघमा यस्ता प्रकृतिका उजुरी बढ्न थाले पछी संघका अध्यक्ष राजकुमार राईले एउटा केश सल्टिने वित्तिकै अर्कोको छिनोफानो गर्ने बताए । उनले भने, 'अहिले थ्री लभर्सको केश चलिरहेको छ त्यसैले आज यो केश सल्टाउने प्रयासमा छौ र यो सकिने वित्तिकै मतिनको केशलाई सुल्झाउने छौ । 'थ्री लभर्समा अभिनेत्री निशा अधिकारी विरुद्धको उजुरी अनुरुप आज अपरान्ह निशा र निर्देशक सुरेश दर्पण पोखरेललाई संघमा उपस्थित गराईदैछ । उनीहरुलाई हिजो नै संघमा उपस्थित गराउने कार्यक्रम थियो तर विभिन्न प्रक्रिया नमिल्दा आज उक्त विवादको छिनोफानो गर्ने अध्यक्ष राईले बताए ।