
पौष महिनाको पहिलो साता चलचित्र रिलिज गर्न निर्माताहरू हच्किने गरेकाले आज शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र 'द गेम' ले सिङ्गल रिलिज हुने सौभाग्य पाएको छ । महिला निर्देशक रक्षा सिंहले निर्देशन तथा सम्पादन गरेको चलचित्र 'द गेम' क्यू सिस्टमबाट देशका करिब ६० वटा सिनेमा घरमा चलिरहेको छ ।
चलचित्र राम्रो बनेकाले समयले खासै असर नगर्ने बिश्वास लिएकी निर्देशक रक्षाको यस चलचित्रमा झरना थापा, निरूता सिंह, सुमन सिंह तथा नवप्रस्तुतीमा विएन राणा प्रमुख भुमिकामा छन् । अन्वेषिका फिल्मसको प्रस्तुतीमा बुनु बिष्ट र मधुदेवी राणाले निर्माण गरेको उक्त चलचित्र सस्पेन्स थ्रिलर लभस्टोरीमा आधारित छ ।
आलोकश्रीद्धारा संगीतबद्ध चलचित्रमा वि।एस। राणा, सुशिल पोखरेल, सम्पन्न श्रेष्ठ पनि मुख्य भूमिकामा छन् । चलचित्रलाई राजुविक्रम थापाले छायाकंन गरेका हुन् भने द्धन्द निर्देशन एनबी महर्जनको छ । चलचित्रका गीतमा कलाकारलाई नचाउने काम भने बब्बु थापा र हिम्ग्याप तासीले गरेका छन् ।