Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्ट्यूम नपाएपछि निर्माता विरूद्व उजुरी

फिल्मीखबर, काठमाण्डौ, 2011/12/21

सुटिङका लागि भनेर डेढ बर्ष अघि लगेको कस्ट्यूम (ड्रेस) फिर्ता नदिए पछि कस्ट्यूम डिजाईनर माटिन खानले दुई चलचित्र 'आई एम सरी' र 'मेरो लभ स्टोरी' का निर्माता निर्माता क्रमश: हरि महत र सुरज आचार्य विरूद्व उजुरी दिने भएका छन् ।

 

ड्रेसका लागि बारम्बार ताकेता गर्दा पनि निर्माताले वास्ता नगरे पछि माटिनले निर्माता संघमा उजुरी दिन लागेको फिल्मीखबरलाई जानकारी गराए । उनले भने, 'दुबै चलचित्रको गरेर करिब पाँच लाख लिनुपर्ने छ । न ड्रेसको पैसा दिन्छन् न त ड्रेस नै फिर्ता दिन्छन् ।' चलचित्र मेरो लभ स्टोरीका निर्माता आचार्यले केहि रकम र केहि ड्रेस फिर्ता दिएको भए पनि करिब डेढ लाखको ड्रेस दिन बाँकी रहेको माटिनको भनाई छ । माटिनले उक्त ड्रेसको डिजाईन पुरानो भईसकेकाले फिर्ता गरे पनि कुनै अर्थ नराख्ने बताउँदै निर्माता आचार्यले क्षतिपूर्ती स्वरूप ड्रेस सहित डेढ लाख रूपैंया दिनुपर्ने बताए ।

 

यता चलचित्र 'आई एम सरी' का निर्माता महतले भने अहिले सम्म एउटा पनि ड्रेस फिर्ता नगरेको बताए । 'डेढ बर्ष अघि लगेको ड्रेस अहिले सम्म फिर्ता पाएको छैन । त्यसैले अब त अति नै भएर केस नै गर्न लागेको हुँ', पिडित खानले भने, ''आई एम सरीका निर्माताबाट क्षतिपूर्ती सहित करिब अढाई लाख लिनुपर्ने हुन्छ ।' राम्रो व्यवहार देखाएर ड्रेस फिर्ता दिए भने बिना क्षतिपूर्ती आफूले पाउने रकम र ड्रेस फिर्ता लिन्छु हैन भने एक रूपैंया पनि छोड्दिन', आक्रोषित हुँदै माटिन भन्छन्, 'म धेरै सोझो भएँ तर अब बाँङ्गो हुन बाध्य भएको छु ।'

 

चलचित्र 'मेरो एउटा साथी छ' बाट ड्रेस डिजाईनर बनेका माटिनले चलचित्र 'सौर्या' को ड्रेसको एक लाख असि हजार रूपैंया अहिले सम्म नपाएको बताए । उनले भने, 'सुटिङ सकिएको उहिल्लै हो तर अहिले सम्म पैसा दिएका छैनन् ।' सिटी सेन्टरमा रहेको पकेट नामको कस्ट्यूम पसलका सञ्चालक माटिनले चलचित्र व्याच नं १६ को पनि ड्रेस डिजाईन गरेका थिए । हाल उनी 'थ्री लभर्स' को ड्रेस डिजाईनर हुन् भने 'फेसबुक' चलचित्रका कलाकार पनि हुन् ।

Most Visited News (monthly)