
अभिनयको बिषयमा खै कहाँ कसले के कमेन्ट गरिदिएछ त्यसपछी राजबल्लभ कोइरालाको मनमा चैन छैन । केही दिन अघि मात्र चर्चामा रहेका केही हिरोहरूलाई स्काईप अडिसनबाट पाखा लगाउदै हलिउड फिल्ममा अनुबन्धीत भएका उनलाई कसैले अभिनय गर्न नआउने भनिदिएपछी राजबल्लभको मनमा बेचैन उत्पन्न भएको हो ।
त्यसैले त उनले आफ्नो फेसबुक वालमा लेख्न भ्याएका छन्, 'भखर्रै कतै सुने अनि पढे। अभिनय मेरो राम्रो छैन रे ! येसो सोच्दै छु। सायद म अभिनय नै गर्दिन। म कम पात्र नजिक र धेरै मन नजिक रहेछ काम गर्छु। म एथार्थ म डुब्न खोज्छु बडी। अब अभिनय गर्न पनि सिक्नु पर्ल्ला। ' 

केही दिन अघि अपडेट गरिएको उक्त स्टाटसमा उनले सोच्दै छु, सायद म अभिनय नै गर्दिन भन्ने वाक्य सहित अभिनय गर्न सिक्नु पर्ला भन्ने निस्कर्ष लेख्नुले विभिन्न तर्क प्रस्तुत गरेका छन् ।
अभिनयमा समेत स्नातक गरेका बल्लभले दुई दर्जनको हाराहारीमा फिल्म खेलिसकेका छन् तर यि कवि हिरोले कविता शैलीमा उक्त स्टाटस पोष्ट गर्नुले उनको चित्त नराम्ररी दुखेको प्रष्ट हुन्छ ।
के राजबल्लभले साच्चिकै अभिनय गर्न जान्दैनन त ? राजबल्लभले लेखेको उक्त स्टाटस समिक्षा गर्दै उनको अभिनय कस्तो छ ? दर्शकको नजरबाट तर्क प्रस्तुत गर्नुस !