मिति : २०८२ वैशाख ३१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

समाजसेवाले आत्मसन्तुष्टी मिल्दो रहेछ : निर्देशक अधिकारी

फिल्मीखबर, काठमाण्डौ, 2011/12/19

प्रदर्शनको क्रममा रहेको चलचित्र 'काठमाण्डू' का निर्देशक तथा नायक आकाश अधिकारीको सक्रियतामा नवलपरासी, दाउन्ने देवी गाबिसका वडा नं २, ५, र ६ का निम्न आयस्रोत भएका १५ घरलाई ५/५ वटाका दरले ७५ वटा बाख्री र १ बोका प्रदान गरिएको छ ।

 

महिलाको लगनशिलता र इमान्दारिताको कदर गर्दै Kyoto Hiyoshigaoka Lions Club Japan को सहयोग तथा आशाको ज्योती नेपाल (Flame of Hope Nepal) को सक्रियतामा गत साता १५ घरका १५ महिलाको जिम्मामा बाख्रा हस्तान्तरण गरिएको निर्देशक अधिकारीले फिल्मीखबरलाई जानकारी गराए । बाख्रा हस्तान्तरणका लागि नायक/निर्देशक अधिकारी, NRN पूर्व अध्यक्ष देवमान हिराचन, Kyoto Hiyoshigaoka Lions Club Japan का अध्यक्ष सहित ९ सदस्यिय जापानीज टोली तथा आशाको ज्योति नेपालका सदस्यहरूको उपस्थिती रहेको थियो ।

 

५ बाख्रा बुझ्ने घरले ३ बर्ष पछि ४ बाख्रा फिर्ता गर्नुपर्ने र सो ४ बाख्रा माथि अरु १ बाख्रा थप गरि अन्य न्यून आय भएका जनतालाई सहयोग स्वरुप हस्तान्तरण गरिने बताउँदै निर्देशक अधिकारीले यस किसिमको समाजसेवाले आत्मसन्तुष्टी मिल्ने बताए । उनले भने, 'चलचित्रकर्मी हुँदा नामदाम होला तर यस किसिमको कामले छुट्टै आनन्द दिन्छ । आगामी दिनमा पनि यस्ता किसिमका सामाजिक कार्यमा सक्रिय हुनेछु ।'