
गायिका मल्लिका कार्की संगीतकार आलोकश्री को मिल्ने साथी भएको कुरा त सवैलाई थाहाँ छ तर उनको अर्को निकट साथी पनि रहेछन भन्ने प्रमाण फिल्मीखबरले फेला पारेको छ ।
आईतबार नातिकाजी स्मृति समाजले आयोजना गरेको कार्यक्रममा संगै देखिएकी मल्लिका नायक दिवस उप्रेतीसंग हर्षित मुद्रामा घण्टौ गफ गर्न ब्यस्त थिईन । करिब एउटै समयमा उपस्थित भएका उनीहरू हलको पछिल्लो पङत्तिमा बसेर गफ गर्न ब्यस्त थिए । यति सम्मकी हाल अमेरिकामा रहेका नायक रमेश उप्रेतीका भाई दिवसले उनलाई निकै केयर गर्दा रहेछन भन्ने प्रमाण पनि सोही कार्यक्रममा र्छलङ्ग भयो । कार्यक्रममा सम्मानित हुने श्रष्टलाई स्टेजमा पुर्याउन जव शम्भूजीत बास्कोटाले आग्रह गर्दै मल्लिकाको हात समाएर स्टेजमा पुर्याए तव एक्लै हुनुपर्दा दिवस निराश देखिन्थे । तर मल्लिकाले छाडेर गएको ब्ल्याक ब्यागलाई चित्त बुझाउदै दिवसले कार्यक्रममा बाकी समय विताए ।
दिवसले मल्लिकाको उक्त स्थानमा बस्न आएका अन्य अतिथिलाई समेत बस्न दिएनन् । तर कार्यक्रम लम्बिएपछी दिवसले मल्लिकाको ब्यागलाई एक साथीको रोहोवरमा आफ्नो सिटमा राखे अनि ब्याकस्टेजतिर लम्किए । जहाँ मल्लिका आयोकहरूसंगै थिईन । स्टेजमा दिवसलाई नत आयोजकले बोलाएको थियो न मल्लिकाले । तर पनि उनलाई के भएछ कुन्नी उनी पुनः मल्लिकासंगै स्टेजको पछाडी देखिए । यसै क्रममा कार्यक्रम पनि सकियो र उनीहरूपनि निस्कने तरखर गरे ।
जुन बेला मल्लिका र दिवसलाई मिडियाको क्यामेराले एउटै फ्रेममा कैद गर्न सफल भैसकेको थियो र मिडियाले आफूहरूको हाउभाउ नोट गरेको चालपाएपछी मल्लिका केही आत्तिन र दिवससंग स्टेजबाटै विदा माग्दै त्यहाँबाट बाहिरिन । मर्यादा डेब्यू हिरो दिवस मिस्टर मंगले, प्रहार, द सोल्जर र रिलिजको तयारीमा रहेको चलचित्र मेरो बेष्ट फ्रेण्डको हिरो हुन । कछुवाको चालमा अगाडी बढिरहेका उनी हाल सम्म गसिपका पात्र बनेका थिएनन तर आईतबारको माहोलमा मल्लिको साथ नछोड्दा उनी फिल्मीखबरको नजरबाट बच्चन सकेनन् ।