मिति : २०८२ वैशाख ३१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रमोदलाई पुत्र लाभ

फिल्मीखबर, काठमाण्डौ, 2011/12/19

 दुई  बर्ष अघि बैबाहिक बन्धनमा बाधिएका गायक प्रमोद खरेललाई पुत्र लाभ भएको छ । 

 
 
आज बिहान साढे नौ बजे उनको श्रीमती दीपाले उनलाई पहिलो सन्तानको रूपमा छोरा उपहार स्वरूप दिएकी छिन् । चाबहिल स्थित ओम हस्पिटलमा छोरो उपहार पाएका गायक खरेलले फिल्मीखबरसंगको कुराकानीमा भने,  'बाबु बन्दा ज्यादै खुशी लागिरहेको छ  । छोरो लामो कदको छ अनि अनुहार पनि मसंग मिलेको  छ ।' 
 
 
विडम्बना सांस्कृतिक कार्यक्रममा लागि आउदो १८ गते सम्मका लागि उनी  भोली बेलुकी अष्ट्रेलिया उड्दैछन् जसकारण छोराको न्वारन गर्न उनी बन्चित हुने भएका छन् । उकेश दाहाल निर्देशित चलचित्र पलपलमाबाट फिल्ममा गायन सुरू गरेका खरेल पछिल्लो समय रूचाईएका गायकमा पर्दछन् । उनले करिब ७० वटा चलचित्रमा स्वर दिईसकेका छन् ।  
 
 
पछिल्लो समय उनले प्रशन्न पौडेलको निर्देशनमा बनेको चलचित्र 'मेरो  बेष्ट फ्रेण्ड' मा संगीत एवं स्वर दिएका छन् जुन चलचित्र रिलिजको तयारीमा छ । यस्तै बाबु गायक भएपछी छोरालाई के बनाउने  इच्छा छ भन्ने फिल्मीखबरको प्रश्नमा प्रमोदले भने, 'उ ठूलो भएपछी जे बन्छु भन्छ त्यही गर्न तयार छु  । मेरो कुनै हस्तक्षेप हुनेछैन । '