Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुटिङ र सम्पादन एकैसाथ

फिल्मीखबर, काठमाण्डौ, 2011/12/18

प्रबिधिको सदुपयोग गर्दै लेखक तथा निर्देशक सुरज सुब्बा 'नाल्बो' ले चलचित्र 'फेसबुक' को सुटिङको साथसाथै सम्पादन कार्यलाई पनि अगाडी बढाएका छन् ।

 

सिंगापुरमा करिब दुई साता सुटिङ गरेर हाल काठमाण्डौका बिभिन्न स्थानमा धमाधम सुटिङ भईरहेको सो चलचित्रको सम्पादन अनामनगर स्थित सफ्ट इमेजमा भैइरहेको छ । बनिश शाहले फेसबुकलाई धमाधम काटछाँट गरेर सुन्दर रूप दिईरहेका छन् । फाल्गुन महिना तिर अष्ट्रेलियामा प्रिमियर गर्ने लक्ष्य लिईएकोले पनि सुटिङ र इडिटिङ एकसाथ गर्नु परेको निर्देशक सुब्बाको भनाई छ ।

 

हाल निकै लोकप्रिय बनेको सामाजिक संजाल फेसबुकले समाजमा पारेको सकारात्मक र नकारात्मक कुरालाई चलचित्र मार्फत प्रस्तुत गर्न लागिएको हो । चलचित्रमा महानायक राजेश हमाल फेसबुकमा हुने क्राईम रोक्न प्रहरी अधिकृतको भुमिकामा देखिंदै छन् । हमालका साथमा चलचित्रमा झरना थापा, स्वतन्त्र शाह, सुनिल थापा, सुवास थापा, अनुराग मान सिंह कुवँर, माटिन खान, विल्सनविक्रम राई, सुमन गैरे, अभिमन्यू खत्री धिताल 'केडी', राजकुमार बिष्ट, धिरू भाई लगायतले अभिनय गरिरहेका छन् ।

 

सुनिल कुमार थापाले निर्माण गरेको सो चलचित्रमा सुनिल बर्देवाको संगीत, संजय लामाको छायाँकन, रोशन श्रेष्ठको द्वन्द, कविराज गहतराजको करियोग्राफी रहेको छ । यो चलचित्र नेपालमा नयाँ बर्ष ०६९ को शुरूवातमा रिलिज गर्ने तयारी गरिएको निर्माता थापाको भनाई छ ।





 

Most Visited News (monthly)