मिति : २०८२ वैशाख ३१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

देउडा महोत्सवमा राजेश र रेखा

श्रवण देउवा, कैलाली, 2011/12/18

कैलालीको धनगढीमा हुन लागेको 'सुदूरपश्चिम सांस्कृतिक देउडा महोत्सव' मा महानायक राजेश हमाल र नायिका रेखा थापाले सहभागिता जनाउने भएका छन् ।

 

सुदूरपश्चिम सांस्कृतिक समूह कैलालीले आयोजना गर्ने सांस्कृतिक देउडा महोत्सवमा राजेश र रेखाको साथमा अभिनेता सुनिल थापा पनि सहभागी हुने आयोजकले जनाएको छ । ‘कला संस्कृतिको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ पुस १२ गते देखी २२ गते सम्म संचालन हुने महोत्सवमा रामचन्द्र काफ्ले, बद्री पंगेनी, प्रमोद खरेल, मिलन लामा, पुरुषोत्तम न्यौपाने, जुनु रिजाल लगायतका राष्ट्रिय गायकगायिकाको साथमा सुदूरपश्चिमका चर्चित लोक डेउडा गायकहरुको समेत प्रस्तुतीहरु रहने बताईएको छ ।

 

‘कला संस्कृतिको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ धनगढीको चटकपुर मैदानमा उल्लेखित कलाकारहरूले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्ने सुदूरपश्चिम सांस्कृतिक देउडा महोत्सवका संयोजक टेकबहादुर सिंहले फिल्मीखबरलाई जानकारी गराए । ७० प्रतिशत सुदूरपश्चिमेली कलाकारको सहभागीता रहने महोत्सवमा सुदूरपश्चिमका लोक संस्कृति, जाती भेषभुषाको प्रर्दशनी गर्ने मुल लक्ष्य लिएको संयोजक सिंहले बताए । सुदूरपश्चिमका चिनारी भुवा नाच, रानाको होरी नाच, थारुको सखिया नाच, गौरा नाच महोत्सवको मुख्य आकर्षण रहने छ ।

 

सुदूरपश्चिमका कला संस्कृतिलाई एक पुस्ताबाट अर्को पुस्तामा रुपान्तरण गर्न सांस्कृतिक महोत्सवको खाँचो रहेको औल्याउदै बरिष्ठ देउडा गायक तथा सुदूरपश्चिम सांस्कृतिक समुहका संरक्षक नरेन्द्रराज रेग्मीले राष्ट्रिय कलाकारको उपस्थितीले महोत्सव आकर्षक मात्र नभएर सुदूरपश्चिमेली कलाकारहरूलाई हौसला समेत प्रदान गर्ने बताए ।